गिरिको नयाँ गीत ‘यात्री’ (भिडियोसहित)

481
  •  
  •  
  •  

काठमाडौं । नेपाली लोकपप विधामा स्थापित गायक सुनिल गिरिको नयाँ गीत ‘यात्री’ युट्युबमा सार्बजनिक गरिएको छ । गिरीले ‘यात्री’ बोलको नयाँ गीत बजारमा ल्याएका हुन् ।

जिन्दगी र यात्राका अनेकन परिभेष समेटिएको गीतको छायांकन अन्नपूर्ण बेस क्याम्पमा गरिएको छ ।
भिडियोको बारेमा बोल्दै गिरीले भिडियोलाई कमर्सियल पाटोबाट लग्नेभन्दा भिजिट नेपाल २०२० लाई केही टेवा पुगोस् भनेर प्राकृतिक दृश्यहरु समेटिन खोजेको बताए ।

गीतको शब्द, संगीत तथा भिडियोको निर्देशन समेत स्वयं गायक सुनिल गिरीको रहेको छ । मदानी क्रिएशनको प्रोडक्सन रहेको गीतले आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने समेत विश्वास गरिएको छ ।


  •  
  •  
  •