भारत यात्रा गर्न अब जम्मा पाँच रुपियाँ

429
  •  
  •  
  •  

काठमाडौं ५ असार (ओएनएस) : नेपालभित्रै सबैभन्दा सस्तो भाडादर मानिएको बाराको सिमरा र चितवनमा पनि ३ हजारभन्दा बढी तिर्नुपर्छ । तर, अब भारतमा हवाई यात्रा गर्न भाडा स्वरुप भने मात्रै ५ रुपियाँ तिरे पुग्ने भएको छ ।

इन्धन र कर वाफत अनिवार्य लाग्ने शुल्क वाहेक वुघ एयरले जम्मा पाँच रुपियाँ भारत यात्रा गराउने भएको छ । त्यो समिति अवधिको प्याकेज हो । बुद्ध एयरले काठमाडौंबाट भारतको बनारस जाने यात्रुलाई पाँच रुपैयाँमा मात्र उडाउने प्याकेज ल्याएको छ ।
बुद्ध एयरको नयाँ भाडादर अनुसार, इन्धन खर्च र कर बाहेक पाँच रुपैयाँ मात्र हवाइ भाडा लिइनेछ । इन्धन र अन्य कर वापत भने थप तीन हजार सात सय ५१ रुपैयाँ तिर्नुपर्ने बुद्ध एयरले जनाएको छ । अब नेपालीले तीन हजार सात सय ५६ रुपैयाँ तिरे भारतको प्रसिद्ध तिर्थस्थल वनारस जान पाउनेछन् ।
विदेशी नागरिकलाई भने केही मंहगो पर्नेछ ।


  •  
  •  
  •