सार्वजनिक यातायातको भाडा आज घट्ने

213
  •  
  •  
  •  

काठमाडौं ८ पुस (ओएनएस) : पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती भएसँगै सार्वजनिक यातायातको भाडा पनि घट्ने भएको छ । आजदेखि लागू हुने गरी भाडादर घटाईने सरकारले बताएको छ ।तर कति घटाउने भन्ने विषयमा निणर्य भएको छैन । यसअघि एक प्रतिशत घटाउने तयारीमा रहेका सरकार विद्यार्थीको दवावपछि थप छलफल गर्दैछ ।
बस, मिनीबस लगायतका सावारी साधनमा एक प्रतिशत र ढुवानी गर्ने यातायातका साधनमा पौने तीन प्रतिशतसम्म भाडा घटाउन सिफारिस गरिएको छ।
यातायातलाई अनुगमन गर्ने निकाय यातायात व्यवस्था विभागले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा नयाँ भाडादरबारे पठाएको प्रस्ताव अनुसार आजदेखि लागू हुने गरी सार्वजनिक यातायातमा भाडा घटाउन सरकारले तयारी गरेको उक्त मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताए।

ढुवानीमा चाहिं तराईमा दुई र पहाडमा पौने तीन प्रतिशतको दरले घटाउने सिटौलाले बताए । सरकारले २०६५ सालमा गठन गरेको वैज्ञानिक भाडादर निर्धारण कार्यदलले सिफारिस गरेको भाडादरको आधारमा हाल विभागले सार्वजनिक यातायातको भाडा निर्धारण गरेको बताएको छ।

भाडामा भएको यो कटौती नाम मात्रको भएको भन्दै विद्यार्थी संगठनले आन्दोलन गर्ने बताएका छन् ।  असोज १३ गते यता स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्य पाँच पटक घटिसकेको भए पनि यातायातको भाडादर भने घटाइएको थिएन।


  •  
  •  
  •