शाहका सम्पूर्ण सवारीसाधनलाई ६ महिनासम्म चलाउन रोक लगाइने

148
  •  
  •  
  •  

काठमाडौं, २६ कात्तिक (ओएनएस) : मकवानपुको चुरियामाइमा दुर्घटना भएको ट्रकका मालिक विरेन्द्रप्रसाद शाहका सम्पूर्ण सवारी साधनलाई ६ महिनासम्म चलाउन नदिने यातायात व्यवस्था विभागले बताएको छ ।

केही समय अघि चुरियामाइमा ना ४ ख १२५२ नम्बरको ट्रक दर्घटना हुँदा ठूलो मात्रामा जनधनको क्षति भएको थियो ।

विभागले अनुसन्धान गर्दा सवारीधनीको लापरवाहीले गर्दा दुर्घटना भएको देखिएकोले उनका सवै सवारीसाधनलाई यातायात व्यवस्था ऐन २०४९ को दफा ४० बमोजिम चल्क रोक लगाएको जानकारी दिएको छ ।

विभागले साहका सवारीसाधन चल्न नदिनका लागि मन्त्रीपरिषद्को कार्यालय, ट्राफिक महाशाखालगायतका सरकारी निकायलाई पत्राचार गरेको जानकारी दिएको छ ।


  •  
  •  
  •