छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय

226
  •  
  •  
  •  

काठमाडौं । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बिहीबार सरकारका निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषदले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको जानकारी दिए ।

फाइल तस्बिर

त्यसका लागि सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गर्नुपर्नेछ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत थप भाडा लिएर सुरक्षा विधि अपनाई यातायात सञ्चालन गर्न दिने निर्णय गरेको उनले बताए।

काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा जिल्लाभित्रमात्र चल्न पाउनेछन् । अन्तरजिल्ला र लामो दूरीका सवारीसाधनलाई भने तत्काल चल्न नदिने मन्त्री खतिवडाले बताए ।


  •  
  •  
  •