आजदेखि सडकमा जोर विजोर

154
  •  
  •  
  •  

काठमाडौं ८ मंसिर (ओएनएस) :  सार्कको सुरक्षालाई मध्यनजर गरेर सरकारले गाडी चलाउन जोर विजेरको नियमन बनाएको छ । आजदेखि काठमाडौं उपत्यकामा जोरबिजोरको आधारमा सवारी साधन संचालन हुने भएको छ ।

१८ औं सार्क शिखर सम्मेलनमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागु गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

मंसिर ८ गते देखि १२ गते सम्म ५ दिनको लागि जोर र विजोर नम्बरको आधारमा उपत्यकामा सवारी साधन संचालन हुने प्रेस विज्ञप्तीमा भनिएको छ ।

मंसिर ८, १० र १२ गते जोर नम्बर प्लेट भएका सवारी साधनहरु संचालन हुनेछ भने मंसिर ९ र ११ गते दुई दिन बिजोर नम्बर प्लेट भएका सवारी साधनहरु संचालन हुनेछ।
तर सम्पुर्ण एम्बुलेन्स, शव बहान, दमकल, रक्त सेवा, रेडक्रस , अस्पतालका कर्मचारी ओसार पसार गर्ने सवारी साधन, सरकारी, कुटनैतिक सुबिधा प्राप्त, पर्यटन, बिवाहका दुलाह दुलही बोकेका सवारी साधनहरुमा भने जोर विजोर प्रणाली लागु हुने छैन ।

दुध, पानी, ईन्धन, ग्यास, तरकारी लगाएतका दैनिक उपभोग्य साामाग्री बोकेका सवारी साधनहरु राति १० बजे देखि बिहान ६ बजे सम्म चल्दा जोर बिजोर लागु नहुने तर दिउसोको हकमा भने लागु हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

१० र ११ गते सार्वजनीक बिदाको दिन चल्ने सरकारी सवारी साधनहरुले गृह मन्त्रालयबाट अनिवार्य रुपमा पास लिएर मात्रै संचालन हुनेछ । मोटरसाईकल, कार, जीप लगाएत सम्पुर्ण निजी तथा सार्वजनीक भाडाका बस, माईक्रोबस, ट्रक लगाएतका सवारी साधनहरु जोर बिजोरको आधारमा संचालन हुनेछन्।

सवारी साधनको सबैभन्दा पछिल्लो अंकको आधारमा जोर बिजोर छुट्याईने छ । नम्बर प्लेटको पछिल्लो अंक सुन्य, २, ४, ६, ८ भएमा जोर नम्बर प्लेट र १, ३ , ५, ७, ९ भएमा बिजोर नम्बर प्लेट मानिने छ ।


  •  
  •  
  •  

Comments are closed.