आजदेखि लामो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालन

48
  •  
  •  
  •  

काठमाडौं । लामो दूरीका सार्वजनिक यातायातका आजबाट सञ्चालन भएका छन् । कोरोना सक्रमणबाट सुरक्षित रहने कडा मापदण्ड अपनाएर गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक यातायात सञ्चालनमा खुला गर्ने निर्णय गरेको थियो ।

कुनै पनि सार्वजनिक सवारी साधनले सिट क्षमताभन्दा आधा यात्रु चढाउनुपर्ने नियम कडाइसाथ पालन गर्नुपर्नेछ । प्रहरीले ठाउँठाउँमा चेक गर्ने व्यवस्था प्रहरीले मिलाएको छ ।

साबिक भाडामा ५० प्रतिशत बढाएर लिने तर सिट क्षमताको आधा यात्रु मात्र चढाउने निर्णय सरकारले गरेको हो । साथै यात्रु तथा बसका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । सामाजिक दूरी कायम हुनुपर्ने छ । लामो तथा मध्यम दूरीका यात्रुलाई खाजा तथा खाना स्थानीय प्रशासन र व्यवसायी संघले नै समन्वयन गरेर खुवाउनुपर्ने छ । लामो दूरीका बसले बीच बाटोमा यात्रु चढाउने वा अनावश्यक काममा रोकिन पाउने छैनन् ।

कोरोना भाइरसको जोखिमलाई मध्येनजर राख्दै गत चैत ११ गतेदेखि लामो दूरीका यातायात ठप्प रहेको थियो ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here