असोज १ गतेबाट आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी सञ्चालन हुने

50
  •  
  •  
  •  

काठमाडौं । सरकारले असोज १ गतेबाट आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी साधन संचालन गर्न दिने भएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै जानकारी दिएका हुन्। यी सेवा संचालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाइएको छ ।

सरकारले चैत ११ गते लकडाउन लागू गर्नुभन्दा पहिले नै यी दुवै सेवा सञ्चालनमा रोक लगाएका थियो। अब सुरक्षाका उपाय अपनाएर लामो दुरीका सार्वजनिक यातायात र हवाइ सेवा सञ्चालन हुने भएको हो। यसका लागि सरकारले मापदण्ड तयार गरिसकेको छ।

 


  •  
  •  
  •