ऐश्वर्या र आराध्या कोरोना संक्रमणमुक्त, अमिताभद्वारा खुशी व्यक्त

117
  •  
  •  
  •  

एजेन्सी । कोरोना भाइरस परीक्षणमा बुहारी ऐश्वर्या र नातिनी आराध्याको रिपोर्ट नेगेटिभ आएपछि बलिउड अभिनेता अमिताभ बच्चनले खुशी व्यक्त गरेका छन् ।

उनले खुशी र राहत मिलेको भन्दै सोसल मिडियामा पोस्ट गरेका गरेका छन् । आफ्नो नातिनी र बुहारी अस्पतालबाट घर फर्केकको खुशीमा आफूलाई रोक्न नसकेको भन्दै उनले इन्स्टाग्राममा पोस्ट गरेका छन्। उनले यसका लागि भगवानलाई धन्यवाद दिएका छन्। आँशु झर्नबाट रोक्न नसकेको जनाएका छन्।

अभिषेक बच्चनले ट्विट गर्दै ऐश्वर्या राय र उनकी छोरी आराध्या कोरोना भाइरस मुक्त हुँदै अस्पतालबाट डिस्चार्ज भएको खुलासा गरेका थिए। अभिषेक बच्चनले सबै समर्थकलाई शुभेच्छाका लागि धन्यवाद दिएका छन्। ‘उनीहरु दुवै अब घरमा हुनेछन्। म र बुबा (अमिताभ) उपचारका क्रममा अझै अस्पतालमा नै छौं,’अभिषेकले भनेका छन्।

 


  •  
  •  
  •