यासिन भाटकलको जालो पत्ता लगाउन एनआइएले माग्यो नेपालसँग सहयोग

168
  •  
  •  
  •  

काठमाडौं, २० असार (ओएनएस) : झण्डै वर्षदिन अगाडि भारतीय मुजाउद्धिनका यासिन भाटकल नेपालबाट पक्राउ परे । उनी पक्राउ परेपछि अहिले नेशनल इन्भेष्टिगेशन एजेन्सीले उनको सम्बन्ध कहाँकहाँ थियो भनेर पत्ता लगाउन खोजीरहेको छ ।

त्यसको लागि भारतले ‘लेटर रोगेटरी’ नेपाल पठाइसकेको छ । पक्राउ पर्नुअघि भाटबल डेढ वर्षसम्म नेपाल बसेको तथ्य पछि खुलेको थियो । उनै भाटकलको गतिविधिबारे थप प्रमाणहरु जुटाउन एआइएले नेपालका अधिकारीहरुसँग सल्लाह गरी आग्रह गरेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

पक्राउ परेपछि भाटकलले आफ्नो सम्बन्ध माओवादी नेता मन्जुरसँग पनि रहेको बताएका थिए । भाटकलले नेपालमै बसेर हतियारको उद्योग समेत चलाउने गरेको बताइने गरिएको छ ।


  •  
  •  
  •