पैयूँबासीलाई स्थानीय सरकारको अनुभूति दिलाउँछौं: उपप्रमुख राना

329
  •  
  •  
  •  

पर्वत । पर्वत पैयूँ गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष यामकुमारी रानाले पैयूँबासीलाई स्थानीय सरकारको अनुभूति दिलाउन उपप्रमुखको हिसावले कुनै कसर बाँकी नराख्ने बताएकी छन् । ‘समृद्व पैयूँ, सुखी र खुशी पैयूँवासी’ को परिकल्पनालाई यथार्थमा बदल्न स्थानीय सरकार गम्भीरताका साथ लागि पर्ने रानाको भनाइ छ ।

पैयूँको विकासका लागि केन्द्र सरकार, प्रदेश सरकारसँग निरन्तर लबिङ गर्ने देखि पैयूँको विकासमा सरोकार राख्ने देश तथा विदेशमा रहनुभएका पैयूँवासी नागरिकसँग हातेमालो गर्न आफु सदैव तत्पर रहने समेत उपप्रमुख रानाले बताइन् ।

ओएनएस न्यूजसँगको कुराकानीमा उनले भनिन्,‘जनताले जुन मतका साथ आफुलाई उपप्रमुखमा निर्वाचित गराउनुभयो । त्यसको सम्मान भनेकै नागरिकको सपना पुरा गर्नु हो,’ रानाले थपिन्, “म जनमतको अपमान हुन नदिनका लागि गम्भीर छु ।’’

पैँयूँको समग्र विकासका लागि प्राथमिकता निर्धारण गर्दै अगाडि बढ्ने उपप्रमुख रानाले बताइन् । पैँयूँको विकास मोडालिटी कस्तो हुने भन्ने विषय आवश्यकताका आधारमा निर्धारण हुने समेत रानाको भनाई छ ।

पैँयूँको विकासका लागि को कुन दलबाट नभनी भावनात्मक एकता कायम गर्दे अगाडि बढ्ने उपप्रमुख रानाको धारणा छ ।


  •  
  •  
  •