राष्ट्रिय एकता दिवसमा दिन सार्वजनिक विदा दिन माग

391
  •  
  •  
  •  

काठमाडौं, २६ पुस(ओएनएस) : पृथ्वीनारायण शाहको २९७ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसमा दिन सार्वजनिक विदा घोषणा गर्न माग गर्दै काठमाडौंमा बिहीबार ¥याली निकालिएको छ ।

स्वतन्त्र नागरिक समाजद्वार नयाँ बानेश्वरमा आयोजित ¥याली पछिको कोणसभामा बोल्दै वक्ताहरुले एकता दिवसको दिन सार्वजनिक विदा दिन माग गरे ।

कोणसभामा वक्ताहरुले पृथ्वीनारायण शाहको जन्मोत्सव भव्य रुपमा मनाउन आह्वान गर्दै पुस २७ गते सार्वजनिक विदा दिने प्रचलन सुरु गर्न आग्रह गरेका थिए ।

वक्ताहरुले शाहवंशीय राजा र हिन्दु अधिराज्यनै देशको पहिचान भएको दाबी गर्दै आफुहरुका चाहना पनि त्यसको पुनस्र्थापना गर्नु रहेको बताएका थिए ।

कोणसभाअघि माइतीघरदेखि नयाँ बानेश्वर ¥यालीको आयोजना गरिएको थियो ।


  •  
  •  
  •