सीके राउत नेतृत्वको गठबन्धनसँग असन्तुष्ट पक्ष र तराई मुक्ति मोर्चाबीच एकता

321
  •  
  •  
  •  

जनकपुर, २ जेठ(ओएनएस) : डा. सिके राउत नेतृत्वको गठबन्धन समुहका असन्तुष्ट पक्षले डा.मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चासँग एकीकरण गरेको छन् ।

मोर्चाका अध्यक्ष डा.मुक्ति र गठबन्धनका असन्तुष्ट समूहको नेतृत्व गरेका जासर यादवले बिहीबार एकीकरण गरेका हुन् ।

उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अलग मधेशको मुद्दा छाडेर छिट्टै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने जनाएका छन् । विज्ञप्तिमा मधेशलाई सबैले धोका दिँदै आएकाले मधेश मुक्तिका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले जेठ २० गते निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने समेत जनाएका छन् ।


  •  
  •  
  •