सोमबार एकताको सबै विषयमा टुंगो लाग्छ : प्रचण्ड

340
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख(ओएनएस) : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार एकताको सबै विषयमा टुंगो लाग्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले शीर्ष नेतृत्वबीच सांगठनिक एकताका अधिकांश विवादमा सहमति भइसकेको भन्दै बाँकी विषयमा पनि सहमति खोजेर एकताको अन्तिम घोषणा हुने बताए ।

आइतबार बिहानमात्रै पनि बालुवाटारमा एकतालाई टुंगोमा पुर्याउनेबारे छलफल भएको भन्दै दिनभरको गृहकार्यपछि बेलुका पुनः बैठक बसेर बाँकी विषयमा सहमति जुटाइने बताए ।

उनले भने, ‘भोलिको दिनबाट नेकपाको लागि अर्को ऐतिहासिक दिन्न बन्नेछ । सांगठनिक लगायतका सबै एकता सम्पन्न हुनेछ ।’

सरकारले काम गर्न नसकेको भनि गुनासो समेत आएको भन्दै त्यसबारे पनि अब पार्टीमा निर्मम समीक्षा हुने बताए ।
पार्टी विधान पनि अन्तिम चरणमा पुगेको भन्दै प्रचण्डले केही दिनमा पारित गरिने बताए । एकता टुंगो लगाउन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल एवं महासचिव विष्णु पौडेललगायतका नेताहरू अहिले सक्रिय छन् ।

लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया टुंगो लगाउने नेकपाको योजना छ ।


  •  
  •  
  •