पूर्वमन्त्री भट्टको पार्थिव शरीर नेपाल ल्याउने तयारी

456
  •  
  •  
  •  

काठमाडौं, १० मंसिर(ओएनएस) । जापानमा उपचारकै क्रममा निधन भएका पूर्वमन्त्री यदुप्रसाद भट्टको पार्थिव शरीर जतिसक्दो छिटो नेपाल ल्याउने तयारी भइरहेको पारिवारिकले बताएका छन् ।

एनआरएन आइसीसीका अध्यक्ष भवन भट्टका पिता यदुप्रसाद भट्टको टोकियोको हिरोस्थित जापान रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा आइतबार अपरान्ह निधन भएको थियो ।

लामो समयदेखि सुगरबाट पीडित भट्टलाई केही समयदेखि फोक्सोमा समस्या आएपछि जापानको रेडक्रस मेडिकल सेन्टरमा राखिएको थियो ।

पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीरलाई नेपाल लैजानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको र जतिसक्दो छिटो नेपाल लैजाने तैयारी भइरहेको छ ।

नेपाल लैजाने प्रक्रियाअनुसार उनको पार्थिव शरीर अस्पतालबाट अन्यत्र सारिएको छ । मंगलबार टोकियोको मेगुरोमा बेलुकी ५ देखि ७ बजे सम्म श्रद्धान्जली अर्पण तथा शोक सभा कार्यक्रम राखिएको परिवारले बताएका छन् ।

एनआरएन अध्यक्ष भट्टले आफ्नो पिताको स्वास्थ्य उपचार जापानमै गराउँदै आएका थिए । स्व. भट्ट पूर्व वाणिज्य सहायक मन्त्री थिए ।


  •  
  •  
  •