राज्यले रेशम चौधरीलाई हिरासतमा लिनु नै ठुलाे गल्ती हो : उपेन्द्र यादप

265
  •  
  •  
  •  

काठमाडौं, ५ चैत (अाेएनएस) : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपाका सांसद रेशम चौधरीलाई राज्यले पक्राउ गरेर हिरासतमा राखेरा ठुलो गल्ती गरेको बताएका छन।

यादवले भने,‘ रेशम चौधरीलाई नेपालको कुनै पनि सक्षम न्यायालयले सपथ नगराउनु भ नेरभनि नसकेको अवस्थामा उहाँलाई सांसदको सपथ नगराउनु राज्यको झन् ठुलो गल्ती हो’

उनले थप्दै भने,‘विगतमा भएको राजनीतिक आन्दोलनका बेलामा लगाइएकोे आरोपका आधारमा यदि कसैलाई पक्राउ गरेर हिरासतमा लामो समय राखिन्छ भने राजनीतिक आन्दोलनको आधारमा प्रचण्ड माथि कुन मुद्दा लगाउने? अहिलेको गृहमन्त्रीमाथि कुन मुद्दा लगाउने? केपी ओलीमाथि कुन मुद्दा लगाउने? के विगतको राजनीतिक आन्दोलनको आधारमा उहाँहरु माथि मुद्दा लाग्न सक्दैन?’

उनले भने,‘ उहाँहरुले गरेका आन्दोलनका क्रममा उठाइएका मुद्दा राजनैतिक भो, अरु आन्दोलनकारीले आन्दोलनकाे क्रममा उठाएका मुद्दा अपराधीक भो, यो ब्याख्या सरासर गलत हो’

 


  •  
  •  
  •