राष्ट्रपति यादव र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

159
  •  
  •  
  •  

काठमाडौं, ७ मंसिर (ओएनएस) : राष्ट्रपति डा. रामबरण यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता  भएको छ । पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न ओली राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

दलहरुबीच संबिधान निर्माण प्रक्रियामा पछिल्लो केहि सातादेखि विवाद बढ्दै गएपछि राष्ट्रपतिलाई भेट्न ओली शीतल निवास पुगेका हुन् । यसअघि  दलहरुबीच शनिबार साँझ संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिबाट प्रतिवेदन संबिधानसभाको बैठकमा पठाउने सहमति बनेको थियो ।

दलहरुबीच बनेको उक्त सहमतिपछि केहि साताअघि देखि जारी राजनीतिक गतिरोधको गाँठो फुक्ने विश्वास गरिएको थियो । तर सहमति भएको १२ घन्टा पनि पुग्न नपाउदै दलहरुबीच विवाद झन् बढेको छ ।

दलहरुबीच सहमति भाडिएपछि आइतबार १० बजेको लागि बोलाइएको संवाद समितिको बैठक समितिका सभापती बाबुराम भट्टराई अनुपस्थित भएपछि स्थगित भएको थियो ।


  •  
  •  
  •  

Comments are closed.