छ वा सात प्रदेशको अवधारणा संघियता र लोकतन्त्रको विरुद्वमा:यादव

218
  •  
  •  
  •  

काठमाडौं १७ कात्तिक (ओएनएस) : मधेसी जनअधिकार फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले ६ वा सात प्रदेशको  अवधारणा संघियता र लोकतन्त्रको विरुद्वमा रहेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस, नेकपा(एमाले) र राप्रपाले सम्पूर्ण आन्दोलनको उपलब्धिलाई समाप्त र सहमतिलाई लत्याउँदै प्रान्तको अवधारणा अघि सारेको बताए ।

मधेसी पत्रकार समाज पर्साले सोमवार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले तीन दलले ल्याएको अवधारणा अन्तरिम संविधान र सहमति विपरीत रहेको बताए ।

सबै शक्तिको सहमतिबाट संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र पहिलो संविधानसभामा प्रस्तुत प्रतिवेदन एवम् सम्झौताको आधारमा राज्य पुनःसंरचना गर्नुपर्ने धारणा अध्यक्ष यादवले राखे ।


  •  
  •  
  •