क्षेत्रीय युद्धका लागि तयार रहनुः चीनीयाँ प्रधानमन्त्री जिनपिंग

73
  •  
  •  
  •  

india-china-in-ladakhकाठमाडौ, ७ भदौ (एजेन्सी) : चीनीयाँ सैनिकहरू भारत छिरेको घटनाले चीन-भारत सीमा लद्धाखमा भइरहेको विवाद थप चर्किँदै गएको छ । वास्तविक नियन्त्रण रेखा (एलएसी)सँग जोडिएको पूर्वी लद्दाखको चुमारमा चीनको एक हजार र उती नै संख्यामा भारतीय सैनिक रहेका छन् । पछिल्लो १२ दिनदेखी जारी विवादका कारण भारतले सीमामा थप सैनिक पठाउने निर्णय गरेको छ । यो फैसला चीनका सेनाले भारतीय सेनालाई तीन दिन अघि सीमामा पछाडि धकेलेपछि लिएको हो ।

यता, चीनीयाँ राष्ट्रपति शी जिनपिंगले पिपुल्स लिबरेशन आर्मी (पीएलएस) को तीन जनरललाई क्षेत्रीय युद्ध जित्नका लागि तयार रहन र आफ्नो युद्ध क्षमतालाई बृद्धी गर्न निर्देशन दिएका छन् । सीमामा उत्पन्न तनावको बीच जिनपिंगले दिएको यो निर्देशनले थप तनाव सिर्जना गर्ने देखिएको छ ।

भारतीय गृह मन्त्रालयको स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्मयहरूले पछिल्ला केही दिनमा चीनीयाँ सैनिक निकै उग्र भइरहेका छन् । तीन दिन पहिला पिएलएसका जवानहरूले चुमारको ८ प्वाइन्ट्समा भारतीय सेनाहरूलाई सीमाभन्दा ३ किलोमिटर भित्र धकेलिदिएका छन् । सरकारका एक वरिष्ठ अधिकारीका अनुसार भारतीय सेनाले पनि चीनीयाँ सेनासँग टक्कर लिन सक्छन् । भारतीय सेनालाई रणनीतिक कारण पछाडि हट्नुपरेको उनको भनाई छ । उक्त समयमा चीनको सेनाको संख्या अपेक्षाकृत धेरै थियो । यसपछि भारतको तर्फबाट अन्य थप सैनिक पठाइएको छ र अब भारतीय जवान आफ्नो स्थानमा डटेर बसेको उनको दावी छ । एक उच्च अधिकारीका अनुसार अब कस्को सैनिक पहिले पछि हट्ने प्रश्न उठेको छ ।

स्रोतहरूलाई उदृत गर्दै भारतीय सञ्चारमाध्मयहरूले चीनले अहिले डबल गेम खेलिरहेको छ । चीनीयाँ राष्ट्रपतिले भारतमा भइरहेको सीमा विवादलाई लिएर जे भने र पीएलएका कमाण्डर तहमा जे गरिरहेका छन्, त्यसमा निकै धेरै भिन्नता रहेको छ । सेनालाई सीमाबाट हटाउने विषयलाई जिनपिंगले आफ्नो निर्देशनलाई नजरअन्दाज गर्न सक्दैनन् । जिनपिंग सेन्ट्रल मिलिट्री कमिशनका प्रमुख समेत हुन् ।


  •  
  •  
  •