सुनसरीमा भीषण अागलागी, १५ घर जले, लाखाैँकाे क्षति

421
  •  
  •  
  •  

काठमाडौं, १८ चैत (ओएनएस) : सुनसरीमा भीषण अागलागी भिषण अागलागी हुँदा १५ घर जलेर नष्ट भएका छन् भने लाखाैँकाे क्षति भएकाे छ। कोसी गाउँपालिका-६ स्थित श्रीपुरमा आगलागी भएको हाे। आइतबार मध्याह्नदेखि लागेको आगलागी भएकाे प्रहरीले जनाएकाे छ।

घटनास्थलमा भारतीय र इनरुवाको दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए। आगलागीको कारण र यकिन क्षतिको विवरण आउन बाँकी छ।

दुई साताअघि पनि सुनसरीको बाहृक्षेत्र नगरपालिका ११ स्थित मधुवनको सरदार बस्तीमा भएको आगलागीले बस्ती नै सखाप भएको थियो। आगलागीमा ५० परिवारका ७० घर नष्ट भएका थिए। गर्मी बढेसँगै तरार्इ क्षेत्रमा दिनहु अागलागीका घटना हुने गरेकाे छ।


  •  
  •  
  •