सम्पत्ति छानबिनका लागि कानुन बने सार्वजनिक गर्न तयार : कामु प्रधानन्यायाधीश जोशी

191
  •  
  •  
  •  

काठमाडौं, २४ चैत – सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायाधीशको सम्पत्ति छानबिनका लागि कानुन बने सार्वजनिक गर्न तयार भएको बताएका छन् । शुक्रबार कानुन पत्रकारसँगको भेटमा उनले कानुन नभई सम्पत्ति सार्वजनिक गर्न समस्या भएको बताउँदै राज्यले कानुन बनाए आफूहरू सम्पत्ति सार्वजनिक गर्न तयार भएको जानकारी दिए ।

कानुनमन्त्री शेरबहादुर तामाङले हालै न्यायाधीशको आचरण कायम राख्न उनीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरी कानुन परिमार्जन गर्ने तयारी भइरहेको खुलाएका थिए । ५ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले न्यायाधीशको विदेश भ्रमण रोकेको विषयमा कामु प्रधान न्यायाधीश जोशीले संविधानमा सरकारको दृष्टि नपरेको टिप्पणी गरे ।

‘न्यायालयको खर्च सरकारले नदिने भएकाले भ्रमण रोक्नु गलत छ,’ उनले भने । जोशीले न्यायाधीशको विदेश भ्रमण रोक्नु गलत भएको बताए । न्यायालयको भ्रष्टाचारका विषयमा केही समयअघि कानुनमन्त्री तामाङको भनाइप्रति आफूले कुनै टिप्पणी नगर्ने उनले बताए।नयाँ पत्रिका बाट


  •  
  •  
  •