‘छक्का पञ्जा ३’ मा दीपकको साथमा कुन अभिनेत्री अार्इन?

256
  •  
  •  
  •  

काठमाडौं, ११ वैशाख (अाेएनए) : ‘छक्का पञ्जा ३’ चलचित्रको लागि लामो समयदेखि अभिनेत्रीको खोजीमा रहेको फिल्मी निर्माण टोलीले  अन्तत: एक हट नायिकालार्इ फाइनल गरकाे छ।

चलचित्र ‘ऐश्वर्य’मार्फत अभिनयमा डेब्यु गरेकी अभिनेत्री दीपिका प्रसाईँ ‘छक्का पञ्जा ३’ सिनेमाका लागि फाइनल भएकी छिन्।

मंगलबार मात्रै निर्माण पक्षसँग उनको सिनेमाका लागि आधिकारिक सम्झौता भएको छ । दीपिका फाइनल भएसँगै अब ‘छक्का पञ्जा ३’का सबै कलाकारहरु लगभग फाइनल भएकाे निर्माण पक्षले जनाएकाे छ।

सिनेमामा अर्की अभिनेत्रीको रुपमा प्रियंका कार्की पनि रहने छिन् । सिनेमाका मुख्य अभिनेता रहने दीपकराज गिरीको जोडीको रुपमा प्रियंका र दीपिका मध्ये को प्रस्तुत हुने हो त्यो भने अहिले नै भन्न नसकिने निर्माण पक्षले जनाएकाे छ।

यसका अलावा सिनेमामा केदार घिमिरे, जितु नेपाल, निर शाह, अनुरागमान सिंह कुँवरलगायतका कलाकारको मुख्य भूमिका रहने भएको छ ।

सिनेमाका छायाँकार पुरुषोत्तम प्रधान छन् भने सिनेमामा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको छ ।


  •  
  •  
  •