गोविन्द खड्का
मुसुरिया ६ असार (ओएनएस) : कैलाली सदरमुकाम धनगढीबाट झण्डै ५० किलोमिटर पूर्वको राजमार्गमा पर्छ मुसुरिया बजार । तत्कालीन माओवादी लडाकुको सातौ शिविर रहेको मुसुरिया द्वन्द्वकालीन घटनाका कारण पनि चर्चामा थियो । सातौ शिविरका लागि बनाइएका भौतिक संरचनाका अवशेष अझै बाँकी छन् । तर, शिविरको अस्तित्व छैन । अस्तित्व नभएपछि शिविरमा चहलपहल देखिने पनि भएन । शिविरको पाँच सय मिटर वारीपट्टी बजारको दुईवटा पसलमा बाक्लै चहल पहल छ ।
शिविरको अस्तित्व लगभग हराइसक्दा त्यसै शिविरमा बस्दै आएका पूर्व माओवादी लडाकुहरु नजिकै आफ्नो नयाँ अस्तित्वको खोजीमा छन् । एउटा किराना र अर्को कपडा पसल तीनै पूर्व माओवादी लडाकुका छन् । शान्ति प्रक्रियाका क्रममा स्वच्छिक अवकास लिएर बर्हिगमन रोजेका केही पूर्वलडाकुहरु मसुरिया बजार आसपास सुःखद भविश्यको खोजीमा छन् । स्वेच्छिक अवकासवापत सरकारले दिएको पैसाबाट सानो घडेरी र ओत लाग्ने एउटा छाप्रो बनाएका छन् । हिजो सातौ शिविरमा बस्दा यतैको वाताबरणमा घुलमिल भइयो अहिले स्वच्छिक अवकास लिएपनि अन्त जान मन लागेन भन्छन् पूर्व माओवादी लडाकु भुपेन्द्र खड्का ।
सातौँ शिविरमा बस्दा आगुन्तुकको रुपमा बजारभरी देखिने पूवै लडाकुहरु अहिले मुसुरियाका वासिन्दा बनेका छन् । मध्य र सुदूरपश्चिमका लगभग १ सय ५० पूर्वलडाकुको मुसुरिया गाविसका स्थायी वासिन्दा भइसकेका छन् । विगतको सशस्त्र द्वन्द्व र राजनीतिक परिवर्तनको यात्रालाई चटक्कै छाडेर अहिले उनीहरु नयाँ दैनिकीमा छन् । बाजुरा भर भई मसुरिया शान्त्पिुरमा बस्ने धर्मादेवी सुनारको पुरै बाच्ने तरिका नै बदलीएको छ । सानो कपडाको पसल राखेर गुजारा चलाउँदै आएकी उनलाई अब आफ्नो भन्दा पनि बच्चाको चिन्ता बढी लाग्छ । ‘हिजो थाहा पाई नपाई आफ्नो भविश्य विगारियो, अब त बच्चाको बारेमा सोच्नु पर्यो नी ’ लामो स्वास लिदै उनले भनिन,‘अब पुराना कुरा मलाई सम्झन पनि मन छैन ।’
अब विशुद्ध किसान
लडाकु छँदैका तत्कालीन बटालियन कमाण्डर पवन बोगटीको नेतृत्वमा जीवनलाई राजनीतिभन्दा व्यवसायिक बनाउन उनीहरु समूह नै बनाएर लागि परेका छन् । सर्च फर कमन ग्राउनको सहयोगले शान्त्किा लागि युवा सन्जाल मार्फत उनीहरु अहिले मौरी, बंगुर पालनदेखि तरकारी खेतीमा सक्रिय छन् । ‘माओवादीमा हुँदा नेताले मौखिक भाषणमा मात्रै नेपाललाई स्वीट्जरल्याण्ड बनाए, अब हामी व्यवबाहरमै देश बनाउने प्रयत्नमा छौ’ भन्छन् मुसुरियामा बसोबास गर्ने पूर्व लडाकुको नेता बनेका वोगटी । अहिले उनी राजनीति भन्दा व्यवसायीक बन्न सबैलाई सिकाउने गरेका छौ । ‘हिजो हामीले राजनीतिबाट समाज र देशमा नयाँ परिवर्तन हुन्छ भन्ने बुझेका थियो’ उनले भन,‘ त्यो हाम्रो बुझाई गलत रहेर आफ्नै व्यवसायमा नलागी कसैको प्रगति हुन्न न आफ्नो नत समाजको ।’ वोगटी अहिले मौरी पालनमा सक्रिय छन् । सर्च फर कमग्राउन उनीहरुका लागि सहयात्री बनेको छ । कैलाली र कन्चनपुरमा शान्तिप्रक्रियाको ६ महिने परियोजन सन्चालन गरेको कमन ग्राउनको कार्यक्रमले उनीहरुलाई ६ बर्षसम्म पनि नसिकको सीप सकेका छन् । ‘सभैन्दा ठूलो सर्चफर कमन ग्राउनले आफ्नो ग्राउण्ड अर्थात धरातलीय यथार्त सिकाएको छ ’ पूर्व माओवादी लडाकु कमाण्डर बोगटी भने ‘सीप त सिकाएकै छ उद्यमी बन्नुपर्छ र व्यवसायीक नबनेसम्म शान्ति प्रक्रियाको रुपान्त्रण हुन्न भन्ने सिकेको छु । ’
पुनस्थापना हुन अझै कठिन
१९ हजार ६ सय २ जना तत्कालिन माओवादी लडाकुमध्ये शान्ति प्रक्रिया अन्तर्गत सेना समायोजन हुँदा १ हजार ४ सय ४४ जना नेपाली सेनामा समायोजन भए । बाँकी स्वेच्छिक अवकासमा घर फर्किएका थिए । घर फकिर्एका पूर्व लडाकुहरु केही पार्टीसागै जोडिएर राजनीतिमा फर्किएपनि कयौले नयाँ पेशाव्यवसाय थालेका छन् । तर, शसस्त्र द्वन्द्वले विश्राम लिएको १० बर्ष पुग्नैलाग्दा पनि उनीहरु समाजमा अझैपनि पुनःस्थापित भने भइसकेका छैनन । परिवादेखि समाजमा अहिले पूर्व पिडकको रुपमा बुझ्ने गरेकाले पुनःस्थापित हुन समस्या भएको सबैजसोको दुखेसो छ ।