‘सरकारकै गलत रवैयाका कारण संघीयता कार्यान्वयनमा ढिलार्इ’

395
  •  
  •  
  •  

काठमाडाैं, १५ कात्तिक (अाेएनएस) :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारकै गलत रवैयाका कारण संघीयता कार्यान्वयनमा ढिलार्इ भइरहेको बताएका छन्। पार्टीनिकट नेपाल प्रेस युनियन उदयपुरद्वारा गाईघाटमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले भने,’ संघीयताको कार्यान्वयन हुन नसक्नुमा सरकारको ठुलाे कमजोरी छ।’

नेता कोइरालाले दुईतिहाई बहुमतप्राप्त सरकारकै निकम्मापन रवैयाका कारण संघीयताको कार्यान्वयनमा ढिलार्इ भएकाे बताए।

उनले संघीयता कार्यान्वयनका मुख्य अवयवहरु प्राकृतिक स्रोत व्यवस्थापन, वित्त आयोग गठन, अन्तरप्रदेश परिषद, प्रदेश प्रहरी गठन र प्रशासकीय व्यवस्थापनका कामकारबाही गर्न सरकारले अहिलेसम्म नसकेको आरोप लगाए।

‘ओली दुईतिहाईको बहुमत प्राप्त सरकारको नेतृत्व सम्हालिरहेका छन्, तर संघीयता कार्यान्वयन भने हुन सकिरहेको छैन’ सरकारका कमजोरी औंल्याउँदै डा। कोईरालाले थपे, ‘संघीयताको मर्म अनुरुपका मुख्यमुख्य कदम चाल्न केले रोकिराखेको छरु’ सरकारको कमजोरीकै कारण संघीयता असफल हुने को कि भन्ने आशंका पैदा भएको पनि उनले बताए।


  •  
  •  
  •