चिकित्सकले मृत घोषणा गरे पोष्टमार्टमका लागि पठाइएका व्यक्ति जिवित

96
  •  
  •  
  •  

चिकित्सकहरुले मृत घोषणा गरेर मुर्दा घरमा पठाएकाएक व्यक्ति दुईदिन पछि जिवित पफेला परेका छन् । एक जना विरामी दुई दिन जिवितै फेला परेपछि चिकित्सकहरुको दक्षतामै प्रश्न उठेको छ।
एक जना विरामीलाई मृत घोषणा गरेर मुर्दा घरमा राखिएको थियो । तर, जब दुई दिनपछि जब प्रहरी मुर्दाघर पुग्यो तब प्रहरीले मृत भनिएको व्यक्ति जिउँदै थिए । उनले कपडामा पिसाव गरेका थिए । यसपछि चिकित्सकलाई बोलाइयो र आइसीयुमा भर्ना गरियो । घाइते मलखान सिंहलाई अस्पतालले त सबै जाँच पूरा गरेर शव पोस्टमार्टमका लागि पठाएको थियो । २९ अगस्तका दिन चिकित्सकहरुले यी जिउँदा व्यक्तिलाई मृत घोषणा गरेका थिए । जब पुलिस उक्त व्यक्तिको खोजीमा निस्क्यो तब उ जिवितै फेला परेको हो । तर, तीन दिनदेखि खाना नखाएका कारण उ मुर्दाघरमा बेहोस अवस्थामा थियो ।
अस्पतालका मडिकल सुप्रिटेन्डेन्ट डा। आरडी खरेले यो घटना अस्पतालका कर्मचारीको लापरबाहीका कारण भएको बताएका छन् ।


  •  
  •  
  •