लक्ष्मी पूजाका दिन यी ७ काम नगर्नुस्, नत्र…

350
  •  
  •  
  •  

mahalaxmiकाठमाडौं / कात्तिक : आज घरघरमा बेलुका लक्ष्मी पूजा गरिँदै छ । घरमा लक्ष्मी पूजा गरेर धनकी देवी लक्ष्मीलाई खुसी राख्नकालागि अनेकन प्रकारका उपाय अपनाउने गरिन्छ, पूजा गरिन्छ । तर, यी प्रयासहरूको साथमा केही सावधानी समेत अपनाउनुपर्ने हुन्छ । शास्त्रमा बताइए अनुसार लक्ष्मी पूजाका क्रममा केही यस्ता कामहरू छन् जुन बिर्सेर पनि लक्ष्मी पूजाका दिनमा गर्न हुँदैन । यदी यस्ता कामहरू गरिए लक्ष्मीलाई कुनै पनि उपाय गरेर खुसी पार्न सकिन्न ।

यदी तपाई लक्ष्मीको कृपा प्राप्त गर्न चाहनुहुन्छ भने यी ७ काम भुलेर पनि नगर्नुस्…

– बिहानै उठ्नु सधै र सबैका लागि राम्रो कार्य हो । तर, केही मानिसहरू बिहानभरी सुत्ने गर्छन् । शास्त्रका अनुसार लक्ष्मी पूजा हरेक मानिस ब्रम्ह मुहुर्तमा उठ्नु पर्छ । जुन मानिसहरू लक्ष्मी पूजाको दिनमा सुर्योदय भएपछि पनि सुतिरहन्छन्, उनीहरूलाई महालक्ष्मीको कृपा प्राप्त हुँदैन ।

– लक्ष्मी पूजाको दिनमा कुनै पनि अधार्मिक कार्य बिर्सेर पनि नगर्नुस् । आमा-बाबु एवं बृद्धबृद्धालाई सम्मान गर्नुस् । जसले आमा-बाबुलाई अनादर गर्छन्, उनीहरूमाथी देवीको कृपा हुँदैन र गरिबीले पनि कहिल्यै छाड्दैन । कसैलाई पनि धोका नदिनुस्, झुठो नबोल्नुस्, सबैसँग प्रेमयुक्त व्यवहार गर्नुस् ।

– केही विषेश परिस्थित छाडेर दिउँसो या साँझपख नसुत्नुस् । यदी कुनै व्यक्ति बिरामी छ, बृद्ध छ, गर्भवती छ भने उनीहरू दिउँसो सुत्न सक्छन् । तर, स्वस्थ व्यक्ति दिउँसो या साँझपख सुत्नु हुँदैन । शास्त्रका अनुसार जो व्यक्ति यस्तो समयमा सुत्छन्, उनीहरू सधै गरिब हुने गर्छन् । यो पनि मान्यता छ की रातको समयमा घरको ढोका खुल्लै राख्नुस्, जसले गर्दा महालक्ष्मी घरमा पस्न सकुन् । यस सम्बन्धमा ध्यान राख्नुपर्ने अर्को कुरा के छ भने यदी राती घरको ढोका खुल्लै राख्यौ भने सावधानी अपनाउनुपर्छ, नत्र चोरी हुन सक्छ ।

-‍ लक्ष्मी पूजाका दिन रिसाउने काम नगर्नुस् र हल्ला पनि नगर्नुस् । यो अशुभ कार्य हो । यस दिनमा रिसाउने र हल्ला गर्ने मानिसहरूलाई लक्ष्मीको कृपा प्राप्त हुँदैन । घरमा शान्त, सुखद एवं पवित्र वातावरण बनाईराख्नु राम्रो हुन्छ ।

– लक्ष्मी पूजाका दिनमा सकेसम्म कुनै पनि प्रकारको कलह वा झगडा नगर्नुस् । घर-परिवारका सबै सदस्यसँग आपसमा प्रेम, मायामा रहनुस् र खुसीको वातावरण बनाएर राख्नुस् । यस दिनको जसको घरमा झगडा वा कलह हुन्छ, त्यस घरमा लक्ष्मीको कहिल्यै पनि कृपा हुँदैन । घरको साथै बाहिर पनि यस बारे ध्यान राख्नुस् र कसैसँग झगडा या कलह नगर्नुस् ।

– लक्ष्मी पुजाका दिन घरमा फोहोर, गन्ध हुनु हुँदैन । घरको कुना-कुना सफा गर्नुस् । कुनै पनि प्रकारको गन्ध घरमा या घरको आसपास नहोस् भन्ने ध्यान दिनुस् । सफाईको साथै घरलाई सुगन्धित पार्ने धुप तथा द्रव्य उपयोग गर्न सकिन्छ ।

– शास्त्रका अनुसार यस दिन कुनै पनि प्रकारको नशाको प्रयोग गर्नु प्रतिबन्धित नै छ । जो मानिसले यस दिन नशाको प्रयोग गर्छ, उक्त मानिस सधै नै दरिद्र नै बनिरहन्छ । नशा अभिसाप समान मान्ने गरिन्छ । त्यसैले यसबाट बच्नु राम्रो मानिन्छ । नशा गर्नाले घरको पवित्रता नष्ट हुन्छ र शान्ति भंग हुन्छ, वाद-विवाद हुन्छ, धार्मिक कर्म समेत ठिक तरिकाले पूर्ण हुँदैन ।


  •  
  •  
  •  

Comments are closed.