यसरी पूजा गर्नुस् देवीको, धन कमाउनुस् टन्न…

145
  •  
  •  
  •  

devi durgaहिन्दू धर्ममा देवी दुर्गालाई शक्ति स्वरूप मानिने गरिन्छ । भनिन्छ, नवरात्रिमा जसले पनि दुर्गाको सच्चा मनले उपासना गर्छन्, उनीहरू ऊर्जा र शक्तिले भरिपूर्ण हुन्छन् । यसका कारण मानिसको जीवनमा दुःख, अप्ठ्यारा र खतराहरूबाट मुक्ति मिल्छ ।

शक्ति उपासनाका लागि महादुर्गाको ९ मंगलकारी र कल्याणकारी रूप बताइएको छ र नवरात्रीमा तिनै महादुर्गाको उपासना गर्ने गरिन्छ । नवदुर्गाको रूपमा पूजनीय मातृशक्तिले हरेक सांसारिक कामनालाई पूर्ण गर्ने गर्छिन् । यी सांसारिक कामनामा धन, सन्तान, सुख, स्वास्थ्य, वैभव र शान्ति पर्दछन् । नवदुर्गाले इच्छाहरू पूरा गर्नुका साथै विचार, आचरण र शत्रुको नाश समेत गर्ने गर्छिन् ।

यसका लागि देवीको ध्यान तथा उपासना गर्नु आवश्यक मानिन्छ । कसरी गर्ने देवीको उपासना तथा ध्यान जानौः
– देवी मन्त्रको स्मरण गर्नुभन्दा पहिले मातृशक्तिको सामान्य पूजा गर्ने । रातो फूल, कपडा देवीलाई चढाउने ।

– धुप र दियो प्रज्ज्वलित गरेर देवी मन्त्रको उच्चारण गर्ने ।

देवी मन्त्र
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति महागौरीति चाष्टकम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना ।।
अग्निना दह्यमानस्तु शत्रुमध्ये गतो रणे।
विषमे दुर्गमे चैव भयार्ता: शरणं गता:।।
न तेषां जायते किंचिदशुभं रणसंकटे।
नापदं तस्य पश्यामि शोकदु:खभयं न हि।।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते।।

– मन्त्र पढिसकेपछि जीवनको डर, बाधा, व्यवधानबाट रक्षा गरेर सुख दिने कामना देवीसँग गर्ने ।

– हिन्दू पौराणिक मान्यताहरूमा देवी दुर्गा नै संसारको सृष्टी, पालन र संहार गर्ने शक्ति भएकी देवी मानिन्छिन् । यसै कारण आस्था छ की देवीको उपासनाले सबै सांसारिक र भौतिक सुखको कामनालाई पूरा गर्न सक्छ ।

– हरेक सुख र खुसी पाउनका लागि यस मन्त्रको स्मरण गर्नु फाइदाजनक हुन्छ ।
सर्वमंगल मांगल्ये शिवे सर्वार्थसाधिके।
शरण्ये त्रयम्बके गौरी नारायणी नमोस्तुते।।

– धन, सन्तान, बाधा, व्यवधान, चिन्तालाई दुर गर्नका लागि यो मन्त्रको उच्चारण गर्ने ।
सर्व बाधा विनिर्मुक्तो, धन धान्य सुतान्वित:।
मनुष्यों मत्प्रसादेन भविष्यति न संशय:॥

– भाग्य बाधा दुर गर्ने र सौभाग्यको कामना गर्दै यस मन्त्रको स्मरण गर्ने ।

देहि सौभाग्य आरोग्यं देहि में परमं सुखम्।
रूपं देहि जयं देहि यशो देहि द्विषोजहि।।

– हरेक कोणबाट बलवान बन्नका लागि यस मन्त्रको उच्चारण गर्ने
सृष्टिस्थितिविनाशानं शक्तिभूते सनातनि।
गुणाश्रये गुणमये नारायणि नमोस्तुते।।


  •  
  •  
  •