अर्जेन्टिना विरुद्ध पेनाल्टी हान्न डच खेलाडी डराए

443
  •  
  •  
  •  

काठमाडौं, २७ असार (एजेन्सी): निर्धारित ९० र थपिएको ३० मिनेटमाा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको थियो नेदरल्याण्डस् र अर्जेन्टिना बिचको सेमिफाइनल भिडन्त । तर नेदरल्याण्डका दुई खेलाडीले अर्जेन्टिनाविरुद्ध पहिलो पेनाल्टी हान्न अस्वीकार गरे । पहिलो पेनाल्टी हान्ने पालो नेदरल्याण्डको पक्षमा आएपछि आफूले आग्रह गर्दा दुई जनाले अस्वीकार गरेको प्रशिक्षक लुइस भान गालले बताए । ‘रन भ्लारअघि उनले दुई खेलाडीलाई पहिलो पेनाल्टी हान्न भनेका थिए । तर, अर्जेन्टिनाका गोलरक्षक रोमेरोले उनको प्रहार रोकिदिए । लगत्तै स्नाइडरले हानेको प्रहार पनि उनले रोके ।
प्रशिक्षक गालले आफूसँग विकल्प नभएकोले नियमित गोलरक्षक परिर्वतन गर्न नसकेको बताए । नेदरल्यमण्डले पेनाल्टीमा कोस्टारिकालाई हराएर अन्तिम चारमा स्थान बनाएको थियो ।

डच कोचलाई मन परेन तेस्रो स्थानको खेल 

नेदरल्याण्डका प्रशिक्षक लुइज भान गालले विश्वकपमा तेस्रो स्थानका लागि हुने खेल उचित नभएको बताएका छन् । उनले आफूले सो कुरा १० वर्ष अघिदेखि भन्दै आएको बताए । विश्वकपमा च्याम्पियनको मात्र गणना हुने भएकोले तेस्रो छुट्याइराख्नु नपर्ने उनको भनाई छ । सन् १९४३ बाट तेस्रो स्थानका लागि प्ले अफ खेलाउन सुरु गरिएको थियो, तर त्यसबेलाबाटै यसको आलोचना हुँदै आएको छ ।

सेमिफाइनलमा अर्जेन्टिनासँग परजित भएको नेदरल्याण्डले तेस्रो स्थानका लागि अब घरेलु टोली ब्राजिलसँग खेल्नेछ ।


  •  
  •  
  •