जर्मनीसँग ७-१ को लज्जास्पद हार बेहोर्दै ब्राजिल विश्वकपबाट बाहिरियो

627
  •  
  •  
  •  

काठमाडौं, २५ असार एजेन्सी ः जर्मनीसँग लज्जास्पद हार बेहोर्दै आयोजक ब्राजिल जारी विश्वकपबाट बाहिरिएको छ । बुधबार विहान भएको खेलमा जर्मनीले ब्राजिललाई १ का विरुद्ध ७ गोलले हराएको हो । जितसँग जर्मनी फाइनलमा प्रवेश गरेको छ । अब फाइनलमा उसको भेट अर्जेन्टिना र नेदरल्याण्डस बिच हुने खेलको विजेतासँग हुनेछ । जर्मनीको जितमा क्रोस र सब्स्ट्यिच्यूट खेलाडी .आन्द्रे चुर्लेले दुई दुई गोल गरे । ब्राजिलविरुद्ध एक गोल गरेका मिरोस्लाभ क्लोस विश्वकपमा सबैभन्दा बढि गोल गर्ने खेलाडी बने । उनले ब्राजिलकै रोनाल्डोको नाममा रहेको १५ गोलको रेकर्ड तोड्दै १६ गोल पुर्याए । जर्मनीका थोमस मुलरले जारी विश्वकपमा ५ गोल गर्दै कोलम्बियाका रोड्रिग्जलाई पछ्याइरहेका छन् । ११ औँ मिनेटमा मुलरको गोलबाट खाता खोलेको जर्मनीले पहिलो हाफमा ५ गोल गर्यो । ६ मिनेटको अवधिमा ४ गोल खाएको ब्राजिलको डिफेन्स लाइन अत्यधिक कमजोर हुँदा दोस्रो हाफमा पनि गोल रोक्न सकेन । ब्राजिलका ओस्कारले एउटा सान्त्वना गोल फर्काए । 1404853270558_wps_14_Fans_of_Brazil_at_the_FIF 1404853369872_wps_17_Thousands_of_fans_at_the_ 1404853569487_wps_21_Germany_s_forward_Thomas_ 1404854306560_wps_45_Brazil_soccer_fans_cry_as 1404856884316_Image_galleryImage_A_Brazilian_soccer_fan_cr 1404857473449_Image_galleryImage_BELO_HORIZONTE_BRAZIL_JUL 1404858941798_wps_6_Brazil_s_defender_David_L 1404859438649_wps_15_Pic_shows_Brazil_Captain_   1404853569487_wps_21_Germany_s_forward_Thomas_ 1404856884316_Image_galleryImage_A_Brazilian_soccer_fan_cr 1404857473449_Image_galleryImage_BELO_HORIZONTE_BRAZIL_JUL 1404858941798_wps_6_Brazil_s_defender_David_L 1404859164283_wps_9_Brazil_s_goalkeeper_Julio   पाँच पटकको विश्वविजेता ब्राजिललाई हराएपछि सुखी हुँदै जर्मनीविरुका समर्थक तल 1404854101408_wps_38_Germany_fans_react_as_Ger 1404854116036_wps_41_TOPSHOTS_Germany_fans_as_ 1404854502634_wps_46_Germany_s_midfielder_Toni


  •  
  •  
  •