विश्वका डरलाग्दा र अनौठा सडकहरू…(तस्विरसहित)

433
  •  
  •  
  •  

बेला बेलामा हामी कतै जाँदा हामीले देखेका केही बाटोहरूलाई निकै डरलाग्दो भन्ने गर्छौ । हामीलाई लाग्छ त्यो बाटो जति डरलाग्दो बाटो त अन्य कुनैपनि बाटो छैन् होला । तर, विश्वमा यस्ता बाटोहरू पनि छन् जुन देख्दा नै आंङ सिरिङ्ग हुन्छ । ती बाटोमा हिड्दा हरेक पल मुटुमा हात राखेर हिड्नुपर्ने हुन्छ । विश्वका केही यस्ता बाटाहरू छन् जुन देख्दा मात्र पनि हाम्रो मुटुले ठाऊँ छोड्छ भने त्यो बाटोमा यात्रा गर्ने कल्पना पनि हामी गर्ने गाह्रो मान्छौ ।

यस्तै, केहि बाटाहरू यस्ता पनि छन्, जुन बाटाहरू देख्दा अचम्म लाग्छ । अनौठा प्रकृतिका बाटाहरू पनि विश्वमा नभएका होइनन् । कुनै बाटाहरू हेर्दा हामी यो बाटो कसरी बन्यो होला भन्दै एकछिन घोत्लिन्छौ पनि । हेरौ केही त्यस्ता बाटाहरू जुन अनौठा र डरलाग्दा छन्…

  • काराकोराम राजमार्ग(पाकिस्तान)
  • the-karakoram-highwayकाराकोराम राजमार्ग ४ हजार ७ सय मिटरको उचाईमा रहेको छ । यो राजमार्ग विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको पक्की राजमार्ग हो ।
  • नर्थ युन्गास सडक(बोलिभिया)
  • Blowing snow, Dalton Highway४ हजार ६४० मिटरको उचाईमा रहेको यो सडकलाई विश्वको सबैभन्दा खतरानाक सडक भनिन्छ । तर खुसीको कुरा के छ भने अहिले यो सडकको विकल्पको प्रयोग भइरहेको छ । यो बाटो निकै साँघुरो भएकाले थोरे मात्र पनि तलमाथी हुँदा सवारी साधन पल्टने खतरा रहेको थियो ।
  • डाल्टन राजमार्ग(अलास्का)
  • अलास्काको फेयरब्याङ्कमा रहेको यो सडक पनि खतरानाक सडकमध्येको एक हो । यसको लम्बाई ६६६ किलोमिटर रहेको छ । यो सडकलाई मानवीय सभ्यताभन्दा टाढा रहेको भन्ने गरिन्छ । यो बाटोको वरिपरी ३ वटा मात्र स-साना गाउँ छन् । यो सडकमा कसरी हिड्नुपर्छ भन्ने जानकारी पनि पहिले नै थाहा पाउनुपर्ने बताइन्छ ।
  • गौलियाङ्ग सुरूङ सडक(चीन)
  • Guoliang Tunnel Roadयो सडक पनि निकै खतरानाक सडकमध्येको एक हो । यो सडकखण्डका विभिन्न ठाउँमा मात्र ४ मिटरको बाटो रहेको छ । साँघुरो बाटो भएका कारण पनि यो सडकखण्डमा यात्रा गर्नु खतरानाक हुने गर्छ । बाटो १.२ किलोमिटर लामो छ ।
  • ताईमेन माउन्टेन रोड(चीन)
  • OLYMPUS DIGITAL CAMERAयो बाटो निकै घुमाउरो रहेका कारण खतरानाक बाटोको सूचीमा परेको छ । यो सडकखण्डमा ९९ वटा टर्निङहरू रहेका छन् र यहाँ करिब ११ किलोमिटर प्रतिघण्टाको दरले हावा चल्ने गर्छ ।
  • जोजिला पास(भारत)
  • Sheep and goats being herded over the Zojila Pass as a traffic jam idles trucks because of a landslide; Kashmir, Jammu and Kashmir State; India.भारतको लद्धाख र जम्मु कश्मिरबीचमा रहेको यो सडक पनि कम खतरानाक छैन् । ३ हजार ५ सय मिटरको उचाईमा रहेको यो सडक निकै साँघुरो छ । सानो गल्तिले पनि ठूलो दुर्घटना हुन सक्छ । यो सडक ९ किलोमिटर लामो छ ।
  • रोहटाङ्ग पास(भारत) 
  • Rohtang Passकरिब ४ हजार मिटरको उचाईमा रहेको यो बाटो पहिरोका कारण निकै खतरानाक मानिन्छ । यो सडकमा अंग्रेजी महिनाको मे देखी नोभेम्बरसम्म मात्र सवारी साधन चलाउन मिल्छ । यो सडकको विकल्पमा भारतीय सरकारले करिब ८.८ किलोमिटर लामो सुरूङ मार्गको निर्माण गरिरहेको छ ।
  • प्यासेज दी गोइस(फ्रान्स)
  • Passage de Goisसमुन्द्रको सतहसँग करिब बराबरीमा रहेको यो सडक कहिले काँही समुन्द्री सतहको १ मिटर तलसम्म पनि पुग्ने गर्छ । अर्थात् समुन्द्रको उचाई बढेसँगै सडक समुन्द्र सतहभन्दा तल देखिन्छ । यस्तो अवस्थामा सडक पानीले पुरिने र यात्रा गरिरहेका यात्रुहरूलाई समेत अप्ठ्यारो पार्ने गर्छ । यो सडक दिनमा दुईपटकसम्म बगाउने गर्छ ।

  •  
  •  
  •