आज स्मार्टफोनको जन्मदिन !

174
  •  
  •  
  •  

काठमाडौ, ३१ साउन(एजेन्सी) : अहिलेको समयमा स्मार्टफोन नबोक्ने मानिस भेट्न निकै गाह्रो हुन्छ । हामीमध्ये धेरैको हातमा स्मार्टफोन हुन्छ नै । तर, यही स्मार्टफोनका बारेमा हामी कतिको जानकार छौ ?

सायद हामीमध्ये धेरैलाई थाहा छैन् होला पहिलो स्मार्टफोन कस्तो थियो र त्यसको मूल्य कति पर्दथ्यो ? विश्वको सबैभन्दा पहिलो स्मार्टफोनका बारेमा केही थाहा पाऔ…

world-first-smartphoneविश्वको पहिलो स्मार्टफोन आइबिएम-सिमोन आजकै दिन सार्वजनिक गरिएको थियो । २० वर्षअघि आजकै दिन स्मार्टफोनले यो दुनियाँमा प्रवेश पाएको थियो । अर्थात् भनौ आज स्मार्टफोनको जन्मदिन हो । विश्वको पहिलो स्मार्टफोन आजकै दिन अर्थात् १६ अगस्त सन् १९९४ मा बिक्रि भएको थियो । आइबिएमले निर्माण गरेको उक्त स्मार्टफोनमा राखिएको ब्याट्रीले मात्र १ घण्टा काम गर्थ्यो ।

world-first-smartphone1२३ सेन्टिमिटर लामो यो स्मार्टफोनको तौल करिब आधा किलोको थियो । यो हेर्दा कुनै ईटा जस्तो देखिन्थ्यो । उक्त समयमा यस स्मार्टफोनको मूल्य करिब ९ सय डलर थियो ।

आइरिश टाइम्सका अनुसार यो फोनको नाम सिमोन यसकारण राखिएको थियो की यसले प्रयोगकर्ताको कामलाई सहज बनाइदिन्थ्यो । यो फोन अक्टुबरदेखी लण्डनको एक साइन्स म्युजियममा प्रदर्शनीमा राखिने भएको छ । यो स्मार्टफोन आईबिएमले अमेरिकी सेल्युलर कम्पनी बेलसाउथसँग मिलेर बनाएको थियो ।

world-first-smartphone2स्मार्टफोनमा हरियो रंगको एलसिडी डिस्प्ले स्क्रिन थियो । २० वर्ष पहिले टच स्क्रिन प्रविधीको प्रयोग गर्ने पहिलो स्मार्टफोन थियो । आजका स्मार्टफोनका तुलनामा यी फोन निकै कम सुविधायुक्त थिए । यस फोनबाट नोट लेख्न, ग्राफिक्स ड्र गर्न, क्यालेण्डर, कन्ट्याक्ट, फ्याक्स पठाउन तथा पाउन र फोन गर्नका लागि प्रयोग गर्न सकिन्थ्यो । उक्त समयमा यो मोडेलको स्मार्टफोन करिब ५ हजारवटा बिक्री भएको थियो ।

स्मार्टफोनमा ४.५ इन्चको ब्याल्क एण्ड व्हाइट स्क्रिन थियो । यसको स्क्रिनको रिजोलुशन १६०*२९३ पिक्सेलको थियो । यसमा १ एमबी र्याम थियो भने १.८ एमबीसम्म कार्डको मेमोरी बढाउन सकिन्थ्यो ।

सिमोन स्मार्टफोनमा १६ मेगाहर्जको प्रोसेसर थियो र यो फोन दुईवर्षको किस्ताबन्दीमा किन्न पाइन्थ्यो ।


  •  
  •  
  •