नौ सय ९९ मा वर्ल्डलिंकको द्रूत गतिको इन्टरनेट

61
  •  
  •  
  •  

वर्ल्डलिंक कम्युनिकेसन्स प्रालिले सस्तो मूल्यमा द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्नको लागि पाँच एमबीपीएसको शुल्क जम्मा नौ सय ९९ तोकेको छ। वल्र्डलिंकको केबल र फाइबर सेवामा उपलब्ध यो सेवा वार्षिक ग्राहकले मासिक रूपमा यो सेवा पाउने भएको हो।

यसमा १५ जीबी डाटा उपलब्ध छ। यदि यो डाटा तोकिएको अवधिअगावै सकिए बाँकी रहेको समय एक सय ९२ केबीपीएसको गतिमा अनलिमिटेड डाटा उपलब्ध हुने वल्र्डलिंकले जनाएको छ। वार्षिक ग्राहकले तीन हजार रुपैयाँ पर्ने जडान खर्च नि:शुल्क पाउनुका साथै २० प्रतिशत अतिरिक्त डाटा पनि पाउने वल्र्डलिंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

केबल जुम सेवा हाल काठमाडौंकोमा र फाइबर जुम भक्तपुर जिल्लाको कौशलटार, लोकन्थली, ग_ाघरर काठमाडौंको पेप्सीकोला, नरेफाँट, बालाजु, गोंगबूँलगायतका स्थानमा उपलब्ध गरेको विज्ञप्तिमा उल्लेख छ।


  •  
  •  
  •