वैकल्पिक खेलाडीको मदतमा स्विट्जरल्याण्डले इक्वेडरलाई हरायो

123
  •  
  •  
  •  

काठमाडौं, २ असार – वैकल्पिक खेलाडीले हारिस सेभेनोभिचले इन्जुरी समयमा गरेको गोलको मदतमा स्विट्जरल्याण्डले विश्वकप फुटबलमा विजयी सुरूवात गरेको छ ।
उसल् आइतबार राति भएको खेलमा इक्वेडरलाई १ का विरुद्ध २ गोलले पराजित गरेको हो ।

दक्षिण अमेरिकी देशसँग विश्वकपमा अहिलेसम्म ६ पटक खेलेको स्विट्जरल्याण्डको यो पहिले जित हो ।

सुरुमा गोल गरेर अग्रता कायम गरे पनि इक्वेडरले टिकाइराख्न सकेन । इक्वेडरको लागि २२ औं मिनेटमा  वाल्टरको फ्रिकिकमा भ्यालेन्सियाले हेड गोल गरे ।
दोस्रो हाफमा तेस्रो मिनेटमा नै स्विट्जरल्याण्डका एडमिर मेहमेदले बराबरी गोल फर्काए । उनी पहिलो हाफको अन्तिम मिनेटमा मैदान प्रवेश गरेका थिए ।

खेलको अतिरिक्त समयमा अर्का वैकल्पिक खेलाडी सेभेनोभिचले गोल गर्दै स्विट्जरल्याण्डलार्इ महत्वपूर्ण ३ अंक दिलाए । उनी ७५ मिनेटमा डेरिमीको स्थानमा मैदान प्रवेश गरेका थिए ।


  •  
  •  
  •