इङल्यान्ड इटालीसँग २-१ले पराजित

414
  •  
  •  
  •  

काठमाडौं, १ असार – चारपटकको विश्वकप विजेता इटालीले आइतबार बिहान भएको खेलमा इङल्यान्डलाई १ का विरुद्ध २ गोलले पराजित गरेको छ । एरेना अमेजोनियामा मारियो बालोटेलीको निर्णायक गोलसँगै इटालीले चिरपरिचित प्रतिद्वन्द्वी इंल्याण्डविरुद्ध सफलता हात पार्यो।

खेलको ५० औं मिनेटमा एन्टोनियो क्यान्डरेभाको क्रसमा बालाटोलीले हेडद्वारा निर्णायक गोल गरे ।
अत्यान्तै रोमाञ्चक खेलको ३५ औं मिनटमै इटालीले अग्रता लिएको थियो। क्लाउडियो मार्किजियोले मार्को भेराटीको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । तर, लिभरपुलका फरवार्ड डानिएल स्टुरिजले २ मिनेट पछाडि नै खेलको ३७ औं मिनेटमा रोनीको क्रसमा गोल गर्दै इङल्यान्डलाई १–१ को बराबरीमा पुर्‍याएका थिए ।

यो जितसगै इटालीले समूह ‘डी’को पहिलो खेलबाट ३ अंक जोडेको छ । निर्णायक गोल गरेका बालोटेली म्यान अफ द म्याच भए।

एक गोलले पछि परेको स्थिति उल्टाएर कोस्टारिकाले उरुग्वेलाई ३–१ ले हराएको छ । कोस्टारिका पनि समान ३ अंक छ। चोटका कारण स्टार स्ट्राइकर लुइस स्वरेजलाई बेन्चमा राखेर विश्वकप यात्रा थालेको उरुग्वे आइतबार विहान भएको खेलमा कोष्टारिकासँग हार्नुपर्यो ।
फोर्टालेजामा भएको खेलमा अग्रता भने उरुग्वेले इडिन्सन काभानीको पेनाल्टी गोलमार्फत लिएको थियो । उरुग्वेले पहिलो हाफमा गोल थप्न सकेन भने बराबरी गोल गर्ने कोष्टारिकाको प्रयास असफल भएपछि पहिलो हाफमा उरुग्वे १ ० ले अघि रहृयो । दोस्रो हाफको तीन मिनेटमा २ गोल गोल गर्दै कोष्टारिकाले आफूलाई अण्डरडग भएको सावित गर्‍यो । ५३ औं मिनेटमा जोइल कोम्बेलले बराबरी गोल फर्काए भने ५६ औं मिनेटमा ओस्कार डुआर्टीले गोल गरे ।

खेलको ८४ औं मिनेटमा मार्कोसले निर्णायक गोल गर्दै जित सुनिश्चित गराए ।


  •  
  •  
  •