जापान र ग्रिसले खोल्दिए कोलम्बियाको भाग्य

367
  •  
  •  
  •  

काठमाडौं, ६ असार : जारी विश्वकपमा शुक्रबार विहान भएको खेलमा जापान र ग्रिसले बराबरी खेलेपछि कोलम्बिया एक खेल अगावै समूह ‘सी’बाट नकआउट चरण प्रवेश गरेको छ।
पहिलो हाफमै दस खेलाडीमा समेटिएको ग्रिसविरुद्ध जापानले गोलरहित बराबरी खेलेपछि यसअघि नै लगातार दुई खेल जितेको कोलम्बिया ६ अंकसहित समूहको शीर्षस्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गरेको हो।
समूह चरणमा आइभरीकोस्टको ३ तथा ग्रिस र जापानको समान १–१ अंक छ। अब समूह चरणको अन्तिम खेलमा आइभरीकोस्टले ग्रिस र कोलम्बियाले जापानको सामना गर्ने छन्। दोस्रो चरण प्रवेश गर्ने अर्को टिमको भने टुङ्गो लागेको छैन । त्यसको लागि अन्तिम खेल नै कुर्नुपर्ने हुन्छ ।
कोन्सटान्टिनोस कात्सुरानिसले दोस्रो पहेंलो कार्ड खाँदै ३८ औं मिनेटमा मैदानबाट बाहिरिएपछि ग्रिस दस खेलाडीमा सीमित रहेको थियो।
१० खेलाडीमा सिमित ग्रिसविरुद्ध जापानले थुप्रै प्रहारहरु गरेपछि गोल गर्न सकेन ।

जापानलाई अब अन्तिम १६ मा स्थान बनाउन आफ्नो खेल जितेर मात्र हुन्न, अरुको खेलमा पनि भर पर्नु पर्छ ।


  •  
  •  
  •