काठमाडौ, २८ जेठ (एजेन्सी) : प्रत्येक चार चार वर्षमा हुने विश्वकप फुटबलको नयाँ संस्करण सुरु हुन केही घण्टाको समय बाँकी छ । ब्राजिलमा हुन लागेको विश्वकपको समग्र विश्वले नै व्यग्र प्रतिक्षा गरिरहेको छ ।
यहाँ प्रस्तुत गरिएको तस्बिरहरुले ब्राजिलका क्षमता भन्दा बढि कैदी राखिने गरेका कारागारहरुमा कैदी कसरी बसिरहेका छन् भन्ने देखाउँछ । साउलो पाउलोको यो कारागारमा वल्र्डकपको कुनै पनि खेलको बेला उच्छृङखल क्रियाकलाप गर्नेलाई लगिन्छ । त्यहाँको “क्राइम यूनिभर्सिटी” को रुपमा चिनिएको योे कारागारमा एउटा ओछ्यानमा एकै समयमा पाँच जना सुत्नुपर्ने बाध्यता छ ।
प्रतियोगिता सुरु हुनुभन्दा पहिले त्यहाँको एउटा आपराधिक संगठन फस्र्ट क्यापिटल कमाण्ड (एफसीसी)ले आपराधिक क्रियाकलपा मच्चाउन सुरु गरिसकेको छ । उनीहरुले प्रहरीहरुमाथि नै आक्रमण गर्ने गरेका छन् । प्रहरीले पनि गिरफ्तार गरि सोही कारागारमा पठाउने गरेको छ । यद्यपि कारागारभित्र पनि झडपका सम्भावनाहरु छन् । सन् १९९२ मा कैदी र प्रहरी बिच भएको झडपमा दुई सय भन्दा बढीको ज्यान गएको थियो । १ सय २ जनाको त प्रहरीले चलाएको गोली लागेर ज्यान गएको थियो ।