काठमाडौं, असार १९ (एजेन्सी) । ब्राजिलमा जारी विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनलका खेल समापनसँगै क्वार्टरफाइनलको समीकरणले पूर्णता पाएको छ ।
मंगलबार राति अर्जेन्टिना र बेल्जियम अन्तिम आठमा पुगेसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो । जसअनुसार क्वार्टरफाइनलमा ब्राजिल, फ्रान्स, जर्मनी, कोलम्बिया, नेदरल्याण्ड, कोष्टारिका, अर्जेन्टिना र बेल्जियम पुगेका छन् । उनीहरूबीच आउँदो शुक्रबारबाट प्रतिस्पर्धा सुरु हुनेछ । क्वार्टरफाइनलको पहिलो दिन आउँदो शुक्रबार बेलुकी पौने १० बजे फ्रान्सले जर्मनीको सामना गर्नेछ भने सोही दिन राति पौने २ बजे ब्राजिलले कोलम्बियाको सामना गर्नेछ । शनिबार बेलुकी पौने १० बने अर्जेन्टिना र बेल्जियम तथा सोही दिन राति पौने २ बजेबाट नेदरल्याण्ड र कोष्टारिकाबीच खेल हुनेछ ।
सन् १९९८ को च्याम्पियन फ्रान्सको छैटौंपटक क्वार्टरफाइनल यात्रा हो भने तीनपटकको च्याम्पियन जर्मनीको १६ औं पटक हो । उपाधिका दाबेदारका रूपमा देखिएका यी दुईबीच हुने क्वार्टरफाइनलको भिडन्तलाई फाइनलसरह नै मानिएको छ । उता पाँच पटकको च्याम्पियन घरेलु टोली ब्राजिलको यो १५ औं क्वार्टरफाइनल यात्रा हो भने कोलम्बिया पहिलोपटक क्वार्टरफाइनलमा पुगेको हो । त्यस्तै दुई पटकको च्याम्पियन अर्जेन्टिनाको क्वार्टरफाइनल यात्रा भने नवौं पटक हो । अर्जेन्टिनाको प्रतिद्वन्द्वी बेल्जियमले भने पहिलोपटक अन्तिम आठको यात्रा तय गरेको हो । त्यस्तै पछिल्लो संस्करणमा उपविजेता रोकिएको नेदरल्याण्ड छैटौं पटक क्वार्टरफाइनलमा पुग्दा कोष्टारिका पनि पहिलोपटक क्वार्टरफाइनलमा पुगेको हो ।
बुधबार बिहानै भएको खेलमा अमेरिकालाई अतिरिक्त समयमा २–१ ले हराउ“दै बेल्जियमले विश्वकपको क्वार्टरफाइनल यात्रा तय गरेको हो । फुटबलको गोल्डेन जेनेरसन मानिएको बेल्जियम २८ वर्Èपछि क्वार्टरफाइनलमा पुगेको हो । यो खेलमा तीनवटै गोल अतिरक्त समयमा भएको थियो ।
निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरक्त समयमा केविन डी ब्रयान र रोमुलु लुकाकुले बेल्जियमका लागि गोल गरेका । ब्रायनले ९३ औं र लुकाकुले १ सय ५ औं मिनेटमा गोल गरेका थिए । लुकाकुले गोल गरेको २ मिनेटपछि अमेरिकाका जुलियन ग्रिनले एक गोल फर्काए ।
त्यसपछि पनि अमेरिकाले खेल बराबरी गर्ने मौका पाएपनि उसले गोल गर्न भने सकेन । अमेरिकी गोल किपर टिम होवार्डले बेल्जियमका १५ वटा प्रहारलाई बचाएका थिए । उनकै प्रदर्शनका कारण अमेरिकाले निर्धारित ९० मिनेटमा गोल गर्नबाट बेल्जियमलाई रोकेको थियो । मंगलबार राति भएको खेलमा अतिरक्त समयको अन्तिममा एन्जल डी मारियाले गरेको गोलगरेपछि अर्जेन्टिनाले स्वीजरल्याण्डलाई १–० ले हराएर अन्तिम आठको यात्रा पक्का पारेको हो । मध्यरातमा सकिएको निकै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले निक्कै संघर्Èपूर्ण जित निकालेको हो । दुई पटकको च्याम्पियन अर्जेन्टिना पछिल्ला दुई संस्करणमा क्वार्टरफाइनलबाटै घर फकिर्नु परेको थियो ।
सन् १९७८ मा पहिलोपटक उपाधि जितेको अर्जेन्टिनाले आठ वर्Èपछि फेरि ट्रफी उचाल्यो । १९९० मा उपविजेता बनेयता भने उसले क्वार्टरफाइनल पार गर्न सकेको छैन । पछिल्लोपटक सन् १९५४ मा क्वार्टरफाइनल पुगेयता स्विजरल्याण्डले पनि क्वार्टरफाइनललाई पार गर्न सकेको छैन ।
साओ पाओलोमा भएको खेलमा बल पोजिसन राम्रो बनाएको अर्जेन्टिनाले गोलका लागि भने ११८ औं मिनेटसम्म कुर्नु परेको थियो । समूह चरणका तीनवटै खेलमा गोल गर्दै अर्जेन्टिनालाई जिताएका मेसीका पटक–पटकका प्रहार स्विजरलयाण्डका गोलरक्षकले विफल बनाएका थिए । खेलको अन्तिम तीन आफूले गोल हान्नुभन्दा पनि पास मिलाउन थालेपछि अर्जेन्टिनाले १ सय १८ औं मिनेटमा आएरमात्रै अग्रता लिन सफल भएको हो ।
मेसीको उत्कृष्ट पासमा मारियाले बललाई गोलमा परिणत गराउन सफल भएका थिए । डी मारियोको गोल लगतै स्विजरल्याण्डले बराबरी बनाउने प्रयास गरेको भए पनि सफल हुन भने सकेन । डिबक्स बाहिरबाट साकिरीले हानेको बलमा स्विजरल्याण्डका डिजामालीको हेड गोल पोष्टको पोलमा लागेर बाहिरिएको थियो ।