काठमाडौं ५ असार (एजेन्सी) : विश्वकप फुटबलमा नेदरल्याण्डस्ले लगातार दोस्रो जित हाँसिल गरेको छ । चारबर्ष अघिको उपविजेता नेदरल्याण्ड्सले गएरातीको दोस्रो खेलमा अष्ट्रेलियालाई ३–२ ले पाखा लगायो । जितसँगै ६ अंक जोडेको नेदरल्याण्डसमुह सी अन्र्तगत विश्वकप फुटबलको नकआउट चरण पुग्ने पक्का भएको छ । खेलमा नेदरल्याण्डले २० औं मिनेटमा आर्जेन रोविनको गोलबाट अग्रता लिएको थियो । । त्यसको एक मिनेटमै अष्ट्रेलियाले गोल फर्काएपनि अन्तिममा पराजय भोग्नु पर्यो । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन स्पेनलाई ५ १ ले हराएको थियो ।
आज विहान भएको खेलमा चिलीले स्पेनलाई हराएको छ । जीतसँगै चिली पनि नेदरल्याण्डसँगै चिली अन्तिम १६ मा छ । हारसँगै डिफेन्डिङ च्याम्पियन स्पेन विश्वकप २०१४ बाट बाहिरिएको छ । अन्तर्राष्ट्रिय फुटबलमा तीन ठूला प्रतियोगिताको पछिल्लो विजेता रहेको स्पेनले समूह ‘बी’ मा आफ्ना सुरुआती दुवै खेल गुमाएपछि यो दुर्भाग्य बेहोर्नु परेको हो । दुवै गोल पहिलो हाफमा भएका थिए । स्पेनको हारले लगातार दुई हार बेहोरेको अस्टे्रलियाको सम्भावना पनि समाप्त भएको छ । अब स्पेन र अस्टे्रलियाबीचको खेलले कुनै औपचारिक महत्त्व बोक्ने छैन् । स्पेन समूहको अन्तिम स्थानमा छ । अब जुन २३ तारिखमा स्पेनले अष्ट्रेलियासंग उपलब्धि हासिल नहुने खेल खेल्नु पर्नेछ भने अब समूह बी को अग्रस्थानमा को रहने भन्ने निर्णय गर्न चिली र नेदरल्याण्ड्स बिच भिडन्त हुनेछ।
त्यस्तै विहान सकिएको खेलमा क्रोसियाले क्यामरुनमाथि सानदार जीत हाँसिल गरेको छ । १० खेलाडीमा समिति क्यामरुनले क्रोसियासँग ० का विरुद्ध ४ गोल खाएको छ । हारसँगै क्यामरुन फिफा वल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ।