विश्वकप फुटबलको कुम्भमेला

155
  •  
  •  
  •  

काठमाडौं, २९ जेठ – विश्वकप फुटबलको २० औं संस्करण बिहीबारदखि ब्राजिलमा सुरु हुँदैछ । ब्राजिलको साओ पाउलो एरिना कोरिन्थियन्स रंगशालामा ब्राजिल र क्रोएसियाले पहिलो खेलमा प्रतिष्पर्धा गरेर प्रतियोगिताको सुरुआत गर्नेछन् । त्यसअघि भव्य रुपमा उद्घाटन समारोह चल्नेछ ।
ब्राजिलमा दोस्रो पटक हुन लागेको प्रतियोगितामा विशवकप छनोट चरण पार गरेका उत्कृष्ट ३२ देशको सहभागिता छ ।
पाँच पटकको विश्वकप विजेता ब्राजिलले यसअघि सन् १९५० मा विश्वकप फुटबलको आयोजना गरेको थियो । ब्राजिललाई खरेलु मैदानमा विजयी सुरुवातको दवाव छ भने उसकै घरेलु मैदानमा हराउने सुनौलो अवसर कोएसियालाई छ ।
क्रोएसियासँग सन् २००६ मा भएको विश्वकपमा ब्राजिलले एक शून्य गोल अन्तरले जितेको थियो । क्रोएसियाका गोलकिपर प्लेटिकोस सशक्त खेलाडी मानिन्छन् । अघिल्लो प्रतिस्पर्धामा विश्वकाचर्चित खेलाडी रोनाल्डो, काका र रोनाल्डिन्होका उत्कृष्ट प्रहारहरु बचाएपछि उनको निक्कै चर्चा हुने गरेको थियो ।
प्लेटिकोसलाई यो संस्करणमा नेयमार, हल्क र फ्रेडको सामना गर्नुपर्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा जापानमा युची निसहिमुरा नामका व्यक्ति रेफ्री रहनेछन् ।


  •  
  •  
  •