काठमाडौं, २९ जेठ – विश्वकप फुटबलको अघिल्लो संस्करणमा साकिराले गाएको ‘वाका वाका…. दिस टाइम फर अफ्रिका’ तहल्का मच्चायो । अझै पनि खेल प्रेमिहरुले सो गीत गुनगुनाएको सुनिन्छ ।
दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित सकर सिटीमा भएको १९ औँ विश्वकप उद्घाटन र समापन समारोहमा साकिराको रोमाञ्चक प्रस्तुतिले विश्वको ध्यान खिच्यो । त्यस्तै २० संस्करणको उद्घाटन समारोह सुरु हुन अब केही घण्टा बाँकी छ ।
विश्वकपले खल र खेलाडीप्रेमीमात्र होइन कलाकार, व्यवसायी, विद्यार्थी, राजनीतिज्ञ, किसान आम नागरिकलाई तताइदिएको छ ।
यसपटकको विश्वकपमा जेनिफर लोपेज, पिटबुल र क्याउडिया लिटेले गाएको ‘वी आर वान’ (ओले ओले) बोलको गीत ‘अफिसियल एन्थम’का रुपमा रहेको छ ।
अंग्रेजी, पोर्चुगिज र स्पेनिस भाषामा रहेको यो गीत साकिराको ‘वाका वाका’को उचाइमा पुग्नेमा भने शंका छ ।