आयोजक ब्राजिलको सुखद सुरुवात

319
  •  
  •  
  •  

काठमाडौं, ३० जेठ – आयोजक राष्ट्र ब्राजिलले विश्वकप फुबटल २०१४ मा सुखद सुरुवात गरेको छ । साओपाउलो स्थित एरिना कोरिन्थिस रंगशालामा भएको खेलमा उपाधिको बलियो दावेदार मानिएको ब्राजिजले क्रोएसियालाई १ का विरुद्ध ३ गोल अन्तरले पराजित गर्यो । सुरुवाती १० मिनेटमै गोल खाएर पछि परेको ब्राजिललाई फरवार्ड नेयमारले खेलमा फर्काए ।

एक भब्य समारोहबीच भएको उद्घाटन खेल पछि भएको विश्वकपको पहिलो खेलमा ब्राजिलका डिफेन्डर मार्सेलोले १० औं मिनेटमा आत्मघाति गोल गरेपछि ब्राजिलका समर्थक मलिन बनेका थिए । निकिच जालाभेचको ब्याक क्रसलाई मार्सेलोले आफ्नैनै पोस्टको गोल गरेपछि ब्राजिल खेलमा पछाडि परेको थियो।

एक गोलले पछाडि परेको अवस्थामा पुरै खेल दबाबमा राखेको ब्राजिलका लागि नेयमारले २९ औं मिनेटमा बराबरी गोल गरे । उनले २५ यार्ड टाढाबाट गरेको प्रहार पोस्टमा ठोक्किँदै गोलमा परिणत भयो ।

पहिलो हाफमा १ १ गोलको बराबरी रहेको खेलमा नेयमारले नै पेनाल्टीमार्फत दोस्रो गोल गर्दै खेलमा अग्रता दिलाए।  ७१ औं मिनेटमा फ्रेडमाथि डेजान लोभरनले डि एरिया भित्र फल गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो।

२ १ ले अगाडि रहेको अवस्थामा खेलको अन्तिम मिनेटमा ओस्कारले तेस्रो गोल थप्दै ब्राजिलको जित सुनिश्चित गरेका थिए। काउन्टर अट्याकमा ओस्कारले करिब २२ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। खेलअवधिभर ब्राजिलले क्रोएसियालाई दवावमा राखेको थियो । खेलको म्यान अफ दि म्याच पनि ब्राजिलका नेयमार नै भए ।

यो जितसँगै समूह ए मा रहेको ब्राजिल ३ अंक जोड्दै अघिल्लो चरणको सम्भावनालाई बलियो बनाएको छ। समूह एमा ब्राजिलसहित क्रोएसिया, मेक्सिको र क्यामरुन छन्।

_75493348_braz_getty _75494814_917d7b26-586f-4df6-bc70-70899a5486ae _75494872_ref _75494922_goal _75495008_yellow


  •  
  •  
  •