इरानमाथि अर्जेन्टिनाको कठिन जित

76
  •  
  •  
  •  

oooकाठमाडौं, ८ असार (ओएनएस) : लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले जारी विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ ।

९० मिनेटको खेलसम्म इरानले अर्जेन्टिनालाई गोेलरहित बराबरीमा रोकेपनि थपिएको ४ मिनेट जोगाउन नसक्दा  १ – 0 को हार बेहोर्नुपर्यो ।

मेस्सीले ९१ औँ मिनेटमा २५ यार्ड टाढाबाट प्रहार गरेको बलले जाली चुम्दा अर्जेन्टिनाले दोस्रो जित हात पार्यो ।
पहिलो हाफमा रक्षात्मक देखिएको इरानले दोस्रो हाफमा केही राम्रा प्रहार गरेपनि गोल गर्न सकेन । अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा बोस्निया हर्जगोभिनालाई पराजित गरेको थियो ।


  •  
  •  
  •