सुआरेजले दिलाए उरुग्वेलाई पहिलो जित

404
  •  
  •  
  •  

काठमाडौं, ६ असार : लुईस सुआरेजले दुई गोल गरेपछि उरुग्वृले आफ्नो बलियो प्रतिद्वन्द्वी इङ्गल्याण्डलाई पराजित गरेको छ ।

विश्वकप फुटबल अन्र्तगत शुक्रबार विहान भएको निक्कै प्रतिस्पर्धात्मक खेलमा इङल्याण्डलाई १ का विरुद्ध २ गोलले उरुग्वेले दोस्रो चरण प्रवेशको सम्भावना जिवितै राखेको छ । चोटका कारण पहिलो खेल गुमाएका सुआरेजले आफ्नो पहिलो खेलमै दुई गोल गरे ।
खेलमा ३९ औं मिनेटमा एडिन्सन काभानीले उपलब्ध गराएको बललाई हेडमार्फत गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए। इङ्गल्याण्डका वायन रोनीले ७५ औं मिनेटमा ग्लेन जोनसोनको क्रसमा वान टच गोल गर्दै इंल्याण्डलाई बराबरी स्थितिमा फर्काए पनि हार टार्न सकेनन् । त्यसको १० मिनेटमै सुआरेजले उरुग्वेका निर्णायक गोल गरेर उरुग्वेलाई महत्वपूर्ण तीन अंक दिलाए।
समूह डी मा उरुग्वेले समूह चरणको अन्तिम खेल अब इटालीविरुद्ध खेल्नेछ । इटालीसंग पराजित इंल्याण्डले अर्को खेल कोष्टारिकासँग खेल्नेछ ।


  •  
  •  
  •