विश्वकप फुटबलमा सेक्सका फरक-फरक नियम

448
  •  
  •  
  •  

विश्वकप फुटबलले यतिबेला विश्वका फुटबल प्रेमीको ध्यानाकृष्ट गरेको छ । विभिन्न देशका खेलाडीहरु उत्कृष्ट प्रदर्शनका लागि लागिपरेका छन् । यस क्रममा खेलाडीहरुलाई मैदान बाहिर पनि विभिन्न प्रकारका नियममा बाँधिनु परेको छ ।

विभिन्न टिमले आफ्ना खेलाडीका लागि खेल तथा अनुशासनका विभिन्न नियम बनाएका छन् । यसमध्ये एउटै विषयमा पनि अलग–अलग टिमले अलग–अलग नियम बनाएका छन् ।

सेक्सका सवालमा विभिन्न मुलुकका खेलाडीबीच फरक–फरक नियम बनाइएको छ । कोस्टारिकाका खेलाडीलाई आफ्नो टिम दोस्रो चरणमा नपुगेसम्म पत्नी वा प्रेमिकासँग सँगै सुत्न रोक लगाइएको छ ।

get_imgब्राजिलका खेलाडीलाई भने सेक्समा छुट दिइएको छ । तर उनीहरुलाई सेक्सबाट हुने शारीरिक क्षतिप्रति भने स्वयं सचेत रहन भनिएको छ । नाइजेरियाका खेलाडीले विश्वकप अवधिभर केवल आफ्नी पत्नीसँग मात्र रात बिताउन पाउने छन् । तर रुस, मेक्सिको र बोस्निया एण्ड हर्जगोभिनाले आफ्ना खेलाडीलाई विश्वकपका क्रममा सेक्समा प्रतिबन्ध लगाएका छन् । जर्मनी, स्पेन, अमेरिका, अस्ट्रेलिया, इटाली, नेदरल्याण्ड, स्विटजरल्याण्ड, उरुग्वे र इंग्ल्याण्डले भने सेक्सका बारेमा कुनै प्रकारको रोक वा नियम बनाएका छैनन् । एजेन्सीबाट


  •  
  •  
  •