घानामाथि अमेरिकाका रोमाञ्चक जित, नाईजेरिया र इरान बराबरीमा

185
  •  
  •  
  •  

काठमाडौं, ३ असार – घानालाई हराउँदै जारी विश्वकप फुटबलमा अमेरिकाले विजयी सुरुवात गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा घानालाई २–१ गोल अन्तरले हराउँदै अमेरिकाले विश्वकपमा विजयी सुरुआत गरेको हो।

अमेरिकाको लागि खेल सुरु भएको ३२ औं सेकेन्डमा कप्तान डेम्सीले गोल गरे भने ८२ औं मिनेटमा घानाका आयौंले बराबरी गोल फर्काए । तर त्यसको चार मिनेट पछि नै अमेरिकाका ब्रुक्सले विजयी गोल गरे ।
यस्तै अर्को खेलमा ईरान र नाईजेरिया गोलरहित बराबरीमा रोकिएका छन् । ब्राजिलको एरेना डे बैछाडा रंगशालामा मंगलबार बिहान सम्पन्न खेलमा खेल गोल रहित बराबरीमा सकिएपछि दुबैले समान एक एक अंक बाँडे ।


  •  
  •  
  •