विश्वकपमा अर्जेन्टिना र फ्रान्सको विजयी सुरुवात

331
  •  
  •  
  •  

काठमाडौं, २ असार – अर्जेटिनाले जारी विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोस्निाया एण्ड हर्जगोभिनालाई २–१ गोल अन्तरले पराजित गर्यो । अर्जेन्टिनाको जितमा लिओनल मेस्सीले पनि एक गोल गरे  ।

रियो द जेनेरियोस्थित स्टेरियो म्याराकोनामा भएको खेलको तेस्रो मिनेटमै कोलासिनेकले  आत्मघाती गोल गरेपछि अग्रता लिएको अर्जेन्टिनाले ६५औ मिनेटमा मेसीको गोलबाट अग्रता दोब्बर पार्‍यो।
खेल सकिन ५ मिनेटबाँकी छँदा भेदाद इबिसेभिकले सान्त्वना गोल गरे ।
समूह एफमा पहिलो जित दर्ता गरेको अर्जेन्टीना समूहमा शीर्ष स्थानमा छ। उसको समूहमा इरान र नाइजेरिया पनि छन्।

 फ्रान्सको विजयी सुरुवात 

franche

आज बिहान भएको खेलमा फ्रान्सले विजयी सुरुवात गरेको छ । फ्रान्सले होण्डुरसलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलमा होण्डुरस पहिलो हाफको अन्तिमतिर १० खेलाडीमा सिमित भएको थियो । फ्रान्सका लागि दुई गोल करिम बेन्जिमाले गरेका थिए । जारी विश्वकपमै गोल लाइन प्रविधी पहिलो पटक प्रयोग गरिएको थियो । ४८ औं मिनेटमा होन्डुरसका गोलरक्षले नै आफ्नो पोष्टमा गोल गर्नुभयो गरे । फ्रान्सका बेन्जिमाको क्लोज रेन्जको बायाँ खुट्टा रोक्न खोज्दा होन्डुरसका गोलरक्षले आत्मघाती गोल खान पुरेको थियो ।


  •  
  •  
  •