तेस्रो स्थानका लागि ब्राजिल र नेदरल्यान्ड्स भिड्ने

318
  •  
  •  
  •  

काठमाडौँ, असार २८ – जारी विश्वकप फुटबलको तेस्रो स्थानका लागि शनिबार राति (आइतबार बिहान) ब्राजिल र नेदरल्यान्ड्स आमनेसामने हुने भएका छन् । ब्राजिलको ब्रासलियामा हुने खेल बिहान १ बजेर ४५ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा ब्राजिल जर्मनीसँग १–७ को फराकिलो गोलअन्तरले पराजित भएपछि तेस्रो स्थानको लागि भिड्न लागेको हो । हारसँगै ब्राजिल विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा नै यति फराकिलो गोलअन्तरले पराजित हुने पहिलो टिमसमेत बन्यो ।
पाँच पटकको विश्वकप विजेता ब्राजिल यसअघि सन् १९९८ मा भएको विश्वकपमा फ्रान्ससँग ०–३ गोलअन्तरले हार बेहोरेको थियो । त्यस्तै गत संस्करणको विश्वकपमा उपविजेता बनेको नेदरल्यान्ड्सको उपाधि जित्ने सपना अर्जेन्टिनासले चक्नाचुर पार्यो । अर्जेन्टिनाले नेदरल्याण्डस्लाई ट्राइब्रेकरमा २–४ गोलले पराजित भएको थियो ।


  •  
  •  
  •  

Comments are closed.