इतिहाँस रच्ने दाउमा नेदरल्याड्स र अर्जेन्टिना

274
  •  
  •  
  •  

काठमाडौं २५ असार (एजेन्सी) :  अर्जेन्टिना र नेदरल्यान्ड्स आज इतिहाँस रच्ने योजना सहित भिडन्तको अन्तिम तयारीमा छन् । साओ पाउलोस्थित कोरेन्थियन्स एरिनामा विश्वकपको फाइनल पुग्न दुवै टोली आतुर छन् ।  नेदरल्यान्ड्स समूह चरणदेखि उच्च प्रदर्शनसाथ आफूलाई दाबेबार प्रमाणित गर्दै अन्तिम ४ सम्म पुगेको हो। नेदरल्यान्ड्स अहिलेसम्मकै ठूलो सफलताको सम्भावना जीवित बनाउन अर्जेन्टिनालाई पन्छाउन चाहन्छ। १९७४, १९७८ र २०१० मा फाइनल पुगेर पनि उपाधि उचाल्नबाट विमुख डच टोली यसपटक इतिहास रच्ने प्रयासमा छ। अर्जेन्टिनासँग इतिहासमा नेदरल्यान्ड्स कमजोर छ। अर्जेन्टिनासँग अहिलेसम्म आठपल्टको भेटमा नेदरल्यान्ड्सले एकपटकमात्र जित पाएको छ।

अर्जेन्टीनाले किन जित्न सक्छ?

बेल्जीयमसंग क्वार्टर फाइनलमा जितेको खेलमा मेस्सीले कुनै गोल नगरेका भएपनि अर्जेन्टीनाको लागि मेस्सीको महत्वलाई कोच साबेलाले निकै गम्भीर रुपमा लिएका छन्।  उनी भन्छन् ‘उनको हरेक गतिविधि हाम्रा लागि आशाको संकेत हो र त्यसले विपक्षीलाई खतरामा पार्छ। उक्त कुरा नै उनले गोल गरे पनि नगरेपनि महत्वपूर्ण कुरा हो।’  चोटका कारण डी मारियालाई गुमाउनु पर्ने अवस्था केहि कमजोरी हुन सक्ला।यदि अर्जेन्टीनाको जीत हुन्छ भने त्यसमा मेस्सीका भूमिका महत्वपूर्ण हुनेछ ।
तर मेस्सीको जादुले यो अर्जेन्टीनी टोलीलाई जीतका लागि तयार पार्नुका साथै बास्तविक प्रोत्साहन समेत उपलब्ध गराउन सक्छ।

नेदरल्याण्ड्सले किन जित्न सक्छर ?
नेदरल्याण्ड्समा कहिल्यै पनि आत्मविश्वासको कमी देखिएको छैन। तिनीहरुलाई केहि कुराले नोक्शान पुर्याएको छ भने त्यो बरु आफूमा अतिविश्वासले नै हो। इंगलिश प्रीमिएर लिगको क्लब म्यानचेष्टर युनाइटेडका प्रशंसकहरुले क्लबका नयां व्यवस्थापकका रुपमा उत्सुकतापूर्वक नियालिरहेका नेदरल्याण्ड्सका कोच लुइ भान खालको विश्वासमा उनको टोली ठूलो भन्दा ठूलो अवसरका लागि तयार छ। भान खालको शैलीले उनका खेलाडीलाई निकै भरोसा दिलाएको हुनु पर्छ।
नेदरल्याण्ड्सका आर्एन रोबेनले आफ्नो क्षमता र टोलीमा आफ्नो भूमिका राम्ररी देखाइसकेका छन्। र उनले कोस्टारिकाविरुद्धको खेलमा पेनाल्टी शुटआउटका बेला नयां गोलकिपर क्रूललाई मैदानमा पठाउने जुन बहादुरीपूर्ण र सफल निर्णय गरे त्यसबाट टोलीमा उनको मान अझ बढेको हुनुपर्छ। खेल मैदानमा आर्एन रोबेन टोलीलाई विजयी तुल्याउन सक्ने खेलाडीका रुपमा देखिएका छन्।
त्यसैगरी रोबीन भान पर्सी र वेस्ली स्नाइडरले आफ्नो सिप राम्ररी नै देखाइसकेका छन्। संगसंगै, चार बर्ष अघि फाइनलमा पराजीत हुनुपरेको सम्झना पनि तिनीहरुका लागि प्रेरणाको स्रोत हुन सक्छ।

भान पर्सी बिरामी

अर्जेन्टिनासँग विश्वकप सेमिफाइनल खेल्ने तयारीमा रहेको नेदरल्यान्ड्स टोलीका स्ट्राइकर रोबिन भान पर्सी खेल सुरु हुन केही घन्टा बाँकी रहँदा अस्वस्थ भएका छन्। पेट दुःखाइका कारण उनले अर्जेन्टिनासँगको खेल गुमाउन सक्ने अन्तरार्ष्ट्रिय मिडियाहरुले जनाएका छन्। पेटको बिरामीका कारण नेदरल्यान्ड्स टोलीका स्ट्राइकर रोबिन भान पर्सीले विश्वकप सेमिफाइनल म्याच गुमाउन सक्नेु, बीबीसीले लेखेको छ।

नेदरल्यान्ड्सलाई दुई पटकको विश्वविजेता अर्जेन्टिनासँग साओ पाउलोस्थित कोरेन्थियन्स एरिनामा उत्रँदा म्याचेस्टर युनाइटेडका फरवार्डको उपस्थिति महत्वपूर्ण मानिएको छ।


  •  
  •  
  •