अर्जेन्टिना २४ वर्षपछि विश्‍वकपको सेमिफाइनलमा

284
  •  
  •  
  •  

काठमाडौं २२ असार (ओएनएस) :
लामो समयको ग्यापपछि अर्जेन्टिना विश्‍वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। दुई पटकको विश्वकप विजेता अर्जेन्टिनाले गएराति भएको क्वार्टरफाइनलमा बेल्जियमलाई १ ० गोलले हरायो। अर्जेन्टिना २४ वर्षपछि विश्‍वकपको सेमिफाइनलमा पुगेको हो।

अर्जेन्टिनाको जितमा एकमात्र गोल गोन्जालो हिगुएनले गरे। उनले खेल सुरु भएको आठौं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो। त्यसपछिको झण्डै ९० मिनेटमा कुनैपनि टोलीबाट गोल हुन सकेन । बेल्जियमले अर्जेन्टिनालाई कडा चुनौती दिए पनि गोल भने फर्काएन सकेन। अर्जेन्टिनाले ५१ र बेल्जियमले ४९ प्रतिशत समय बल नियन्त्रणमा राखेका थिए ।
पेनाल्टी सुटआउटमा नेदरल्याड्सको जित

2400616_full-lndबिहान भएको खेलमा नेदरल्याड्स सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा कोस्टारिकाको चुनौती ४ ३ ले पन्छाउँर्दै नेदरल्यान्ड्स विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको हो। अब उसले फाइनल प्रवेशको लागि अर्जेन्टिनाविरुद्ध खेल्नेछ ।

अन्तिम समयमा मैदान प्रवेश गरेका गोलकिपर टिम क्रुलले कपेनाल्टी सुटआउटमा प्रहार गरेको बल रोक्दै नेदरल्यान्ड्सलाई अन्तिम चारमा पुर्‍याएका थिए ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गरी कुल २ घन्टाको खेल गोलरहित टुंगियो ।


  •  
  •  
  •