ब्राजिल र जर्मनी सेमिफाइनलमा

300
  •  
  •  
  •  

काठमाडौं, २१ असार : ब्राजिल र जर्मनी जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति भएका खेलमा कोलम्बियालाई हराउँदै ब्राजिल र फ्रान्सलाई हराउँदै जर्मनी सेमिफाइनलमा प्रवेश गरेका हुन् । फाइनल प्रवेशको लागि अब मंगलबार यी दुई टिमविच खेल हुनेछ ।

फोर्तालेजामा भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ गोलले हरायो । ब्राजिलका लागि डिएगो शिल्भा र डेभिड लुइसले गोल गरे ।
खेलको सातौ मिनेटमा नेयमारले प्रहार गरेको कर्नर बललाई डिएगो शिल्भाले गोलमा पर्णित गरे ।
यस्तै खेलको ६९औ मिनटमा डेभिड लुइसले फ्रिकिकमा गोल गरे । २–० ले अगाडि बढेको ब्राजिलविरुद्ध जेम्स रेड्रिगोजले पेनाल्टीमार्फत एक गोल फर्काएपनि हार टार्न सकेनन् ।

timthumb (1)
यस्तै तीन पटकको विश्व विजेता तथा ४ पटकको उपविजेता जर्मनीले फ्रान्सलाई १–० गोल अन्तरमा फ्रान्सलाई हराएको छ । १३ औ मिनेटमा टोनीको फ्रिकिकमा माट्स हुमल्सले हेड गर्दै गोल गरे ।
फ्रान्सले सन् १९९८ को विश्वकप ट्रफि हात पार्ने देश हो ।


  •  
  •  
  •